अपाङ्गता समावेशी विकासलाई प्राथमिकता दिने स्थानीय तहका जनप्रतिनिधिको प्रतिबद्धता
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले द एसिया फाउन्डेसनको सहकार्यमा सञ्चालन गरिरहेको स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत “स्थानीय तहमा अपाङ्गता समावेशी विकास ” कार्यक्रमको लागि यही मङ्सिर ५ र ६ गते चितवनमा आयोजित अन्तरपालिका सिकाइ आदानप्रदान कार्यशालामा सहभागी भएका उपप्रमुखहरूले अपाङ्गता भएका व्यक्तिहरूको सवाललाई सम्बोधन गर्न सकारात्मक प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यशालामा धनुषाको मिथिला, दोलखाको भीमेश्वर, स्याङ्जाको…