अपाङ्गता समावेशीकरणको प्रवर्द्धनका लागि द्विपक्षीय/बहुपक्षीय संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यलय र सीवीएम ग्लोवलको साझेदारीमा सञ्चालित वहुवर्षीय परियोजना “हामीलाई पनि समावेश गर” अन्तरगत नेपालको विकास कार्यमा अपाङ्गता समावेशीकरणमा थप प्रवर्द्धनका लागि ए.आई. एन. र राष्ट्रिय समावेशी आयोग समेतको सहकार्यमा नेपालमा कृयाशील द्विपक्षीय/ बहुपक्षीय संस्थाहरूसँग अन्तरक्रिया कार्यशाला सम्पन्न गरिएको छ ।
काठमाण्डौको होटल हिमालयमा मिति २०८० जेष्ठ १२ गते आयोजना गरेको कार्यशालामा राष्ट्रिय सामावेशी आयोग, अमेरिकी दूतावास, युएस ऐड, एसियाली विकास बैक, विश्व खाद्य कार्यक्रम, द लुथरन वर्ड फेडेरेशन, ए आई एन, सी वी एम ग्लोवलको लगायतको २७ जनाको (१४ महिला र १३ पुरुष) सहभागी रहेको थियो। यस कार्यक्रमको उदेश्य नेपालमा भइरहेका विकास कार्यमा अपाङ्गता समावेशीकरणलाई थप बढवा दिनका लागि कृयाशील सस्थाहरु बीच सहकार्य गर्ने रहेको थियो।
यसै कार्यक्रमामा ७ वटा द्विपक्षीय/ बहुपक्षीय संस्थाहरूको अध्यन प्रतिवेदनको निष्कर्ष अपाङता क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएका मीनराज पन्थीले प्रस्तुतीकरण गर्नु भएको थियो र राष्ट्रिय अपाङ्ग महासंघ नेपालले समावेशी बिकासमा कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा अपाङताको क्षेत्रका विज्ञ डा. विरेन्द्र राज पोखरेल ज्यूले प्रस्तुतीकरण गर्नु भएको थियो भने सीवीएम ग्लोवलका अपाङ्गता समावेशी सल्लाहकार राजेशचन्द्र मरासिनीले नेपालको विकास सहायतामा अपाङ्गता समावेशीकरण मापन गर्ने विधीको प्रस्तुतीकरण गर्नु भएको थियो ।
यस कार्यक्रममा राष्ट्रिय समावेशी आयोगको माननीय अध्यक्ष राम कृष्ण तिमल्सिना, माननीय सदस्य विष्णुमाया ओझा, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय उपाध्यक्ष अनिता घिमिरे, महासचिव सुगम भट्टराई ज्यूले आफ्ना विचार राख्नु भएको थियो।