नेपालमा अपाङ्‍गता भएका व्यक्तिहरूको जीवनस्तर अध्ययन

फिचर नेपालमा अपाङ्‍गता भएका व्यक्तिहरूको जीवनस्तर अध्ययनसम्बन्धी प्रतिवेदन काठमाडौंमा यही वैशाख २४ गते एक कार्यक्रमबीच सार्वजनिक गरियो । देशका ५९ वटा जिल्लाका १०० वटा क्षेत्र (क्लस्टर) निर्धारण गरेर ४ हजार घरधुरीमा २ हजार अपाङ्‍गता भएका व्यक्ति र २ हजार अपाङ्‍गता नभएका व्यक्तिबीच तुलनात्मक नमूना सर्वेक्षणसहित यो अध्ययन गरिएको हो । नर्वेजियन अपाङ्‍गता भएका व्यक्तिहरूको महासङ्घ (FFO-Norway)…

अपाङ्‍गता भएका व्यक्तिको रोजगारीसम्बन्धी प्रदर्शनी तथा क्षेत्रीय गोष्ठी

अपाङ्‍गता भएका व्यक्तिहरूको रोजगारीको अधिकारको अवस्था दिन प्रतिदिन जटिल बन्दैछ । उनीहरूसँग भएको क्षमताप्रति रोजगारदाताहरूको विश्‍वास कम भएको सन्दर्भमा अपाङ्‍गता भएका व्यक्तिहरूलाई रोजगारी दिने र नदिने निकायबीच अन्तरक्रिया गरी अनुभव आदान प्रदान गर्ने तथा राज्यको रोजगारीमा आरक्षणसम्बन्धी व्यवस्था कायम गर्न र त्यसलाई अझ बढी व्यवस्थित एवं प्रभावकारी बनाउन पहल गर्नु आज अति आवश्यक भइसकेको छ ।…

अवरोध पञ्छाउँदै इन्जिनियर – मासिक नब्बे हजारभन्दा बढी कमाइ

लेख कृष्ण खनाल ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने उक्तिलाई कपिलवस्तु जिल्लाका अपाङ्‍गता भएका बिफई प्रजापती (कोहार) ले थप पुष्टी गर्नुभएको छ । उहाँले दुवै खुट्टामा बैशाखी प्रयोग गर्नुपरेको छ । जन्मदै अपाङ्‍गता रहेका उहाँले भारतको गोखरपुरमा रहेको एमएम इन्जिनियरिङ्ग कलेजबाट कम्प्युटर इन्जिनियर विषयमा स्नातक तह उपाधि हासिल गर्नुभयो । पारिवारिक वातावरण सहज भएका कारण भारतको…

आत्मविश्‍वास भए जीवन चल्छ

लेख दामोदर रिजाल विक्रम संवत २०३७ सालमा उर्लाबारी गाविस (हाल नगरपालिका) वडा नं. ६ मा जन्मिएकी सावित्रा अविवाहित होचापुड्का महिला हुनुहुन्छ । हात खुट्टासमेत केही लुलो भएकाले उहाँ सहजरूपमा हिडडुल पनि गर्न सक्नुहुन्न । सामान्यरूपमा मात्र हिड्नुहुन्छ । जान आउन कठिनाइ भएकै कारण उहाँले कक्षा ५ बाटै विद्यालय जान बन्द गर्नुभयो । दस वर्ष अगडि…

आत्मनिर्भतातर्फ उन्मुख श्यामलाल

लेख दामोदर रिजाल मोरङ जिल्लाको बयरवन– १, तल्लो हरकपुरका श्यामलाल खवास शारीरिकरूपमा अपाङ्‍गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ यतिबेला सफल व्यवसायीका परिचित हुनुभएको छ । श्रीमती र छोराछोरीसहित उहाँको छ जनाको परिवार छ । त्यो परिवारको आम्दानीको मुख्य स्रोत भनेको उहाँकै पेशा हो । उहाँको घर अगाडि सानो घुम्ती पसल छ । त्यहाँ सामान झकिझकाउ…

पहुँचयुक्त कार्यस्थल

फिचर सागर प्रसाई अपाङ्‍गताको क्षेत्रमा जब पहुँचयुक्तताको कुरा गरिन्छ, त्यसबेला हामी सबैको दिमागमा आइहाल्ने पहिलो कुरो भनेकै ह्विलचियर प्रयोगकर्ताहरूका लागि र्‍याम र अपाङ्‍गतामैत्री शौचालय निर्माण गर्नु भन्ने हुनेगर्छ । कुनै पनि स्थानलाई पहुँचयुक्त बनाउने कुरामा यी भौतिक पूर्वाधारको विकासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा दुर्इमतै छैन । तथापि, यी कुराले मात्र सबै प्रकृतिका अपाङ्‍गता भएका व्यक्तिहरूका…

जागिर खोज्दै हुनुहुन्छ ? सही तरिकाले खोजी गर्ने हो भने जागिर पाउन सकिन्छ

फिचर विशाल दाहाल जागिर रोजगारीलार्इ जनाउने प्रचलनमा रहेको शब्द हो । जीवन निर्वाहका लागि गरिने काम नै जागिर अथवा रोजगारी हो । यो धेरैको आवश्यकता र थोरैको रहर हुनेगर्छ । सही तरिकाले खोजी गर्ने हो भने जागिर पाउन सकिन्छ । अवसर र चुनौती उत्तिकैरूपमा रहेका हुन्छन् र सकारात्मक रहँदै तीव्र इच्छाशक्ति र लगाबका साथ हरेक…

अपाङ्‍गता भएका व्यक्तिहरूको पेशागत विकास र चुनौती

आवरण लेख श्रीकान्त सापकोटा अपाङ्‍गता भएका व्यक्तिहरू पनि अन्य व्यक्तिसरह इच्छा, आकाङ्क्षा, भावना, चाहना र आवश्यकता भएका व्यक्ति हुन् । उनीहरूको पनि जीवन निर्वाह गर्न, आफ्ना आवश्यकताहरू परिपूर्ति गर्न तथा परिवार, समाज र राज्यप्रतिको निश्चित दायित्व पूरा गर्न विभिन्न पेशा, व्यवसायमा संलग्न हुने अधिकार हुन्छ । विद्वान् स्टिनेटका अनुसार profession भनेको पेशा हो, जुन विशिष्ट…

श्रमशक्ति सदुपयोगको कामना

सम्पादकीय विश्‍व स्वास्थ्य सङ्गठनको अपाङ्गतासम्बन्धी विश्‍व प्रतिवेदन- २०११ अनुसार संसारभरि करिब १५ प्रतिशत व्यक्ति कुनै न कुनैरूपमा अपाङ्गतासहित बाँचिरहेका छन् । तीमध्ये ८० प्रतिशत व्यक्ति नेपाल जस्तै अविकसित मुलुकमा बस्ने गर्छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले २००२ मा दिएको जानकारी अनुसार, एसिया प्यासेफिक क्षेत्रका करिब ८० प्रतिशत अपाङ्गता भएका युवा-युवती पूर्णरूपमा बेरोजगार छन् । यसको अर्थ जुन मुलुक विकासको…