हिमोफिलिया भनेको के हो?
हिमोफिलियाको कारण र यसबाट हुने सक्ने असर र न्युनिकरणका उपाय तथा नेपाल सरकारले गरेको व्यवस्था लगायतका विषयहरु यस कार्यक्रममा समेटिएका छन।
मिति २०७६ चैत्र २६ मा जारी स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन सांकेतिक भाषा सहितको भिडियो
कोभिड १९ को विश्वव्यापी संक्रमणको महामारीको प्रभाव नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ । यस विपद् र महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरु विभिन्न अवरोध र अपाङ्गताको आधारमा गरिने विभेदको कारणले सबैभन्दा धेरै जोखिममा परेका हुन्छन् । अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सहायक सामग्री उहाँहरुको जीवन अभिन्न अंग हो । आफ्नो सहायक सामग्री सफा राख्न र संक्रमणमुक्त गराउने उपायहरुको बारेमा सिकाउन, सहयोगीले हेरचाह गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहयोगीलाई विस्तृत जानकारी गराउने उद्देश्यले सरल भाषामा सांकेतिक भाषा दोभाषे र क्याप्सनिङ सहितको भिडियो नेपाल टेलिभिजनमा सामाचार भन्दा पहिले जानकारीमूलक सुचना सन्देश प्रसारण भइरहेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडसँगको सहकार्यमा तयार भएको यस जानकारीमूलक भिडियोलाई निम्न लिङ्क मार्फत जानकारी लिन पनि सक्नु हुनेछ ।
अपाङ्गता भएका व्यक्तिहरूको सहि र विस्तृत तथ्याङ्क र सूचनाले अपाङ्गता भएका व्यक्तिको पक्षमा सेवा सुविधामा वृद्धि गर्न, नीति, कार्यक्रम र बजेट विनियोजन गर्न…
नेपाल सरकारले मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ १२ औं राष्ट्रिय जनगणना २०७८ को सुरुवात गरिसको छ । हामी सबैले हाम्रो घरदैलोमा आउने गणक र सुपरीवेक्षकलाई न हिच्किचाइ जानकारी दिई जनगणनालाई सफल पारौँ । सत्यतथ्य जानकारी दिई जनगणना सफल बनाउन हामी सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्दछ ।
समाजमा अपाङ्गता भएका महिलाहरुले विभिन्न चुनौति र समस्याहरु भोग्नु परीरहेको छ तर उनीहरुले प्रयाप्त अवसर र पहुँचयुक्त वातावरण पाएमा आफ्ना क्षमता प्रदर्शन गरी समाजमा उदाहरणीय कामहरु गर्न सक्छन् भन्ने विषय यसमा समेटिएको छ ।