Similar Posts
समावेशी निर्वाचन सम्बन्धी जनचेतनामूलक भिडियो
“मतदान प्रकृया र मतदानस्थलहरूलाई सबै अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त बनाउँ । सबैको मतदानको अधिकार सुनिश्चित गरौँ ।”
स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि राष्ट्रिय कार्यशाला सम्पन्न
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वय र डब्लु.एच. ओ.,यु.एस.ए.आइ.डी. र ह्याण्डीक्याप इन्टरनेसनलको साझेदारीमा अपाङ्गता भएका व्यक्तिको ३० औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि स्वास्थ्य र पुनर्स्थापनासंग सम्बन्धित ऐनकानुन/नीतिको संघीय, प्रदेश र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका र अब बन्ने नीति, कार्यक्रम, बजेटमा सबै तहमा स्वास्थ्य र पुनर्स्थापनाको सवाल सम्बोधनका लागी वकालत गर्ने उदेश्यका साथ प्रदेशका प्रादेशिक स्वास्थ्य निर्देशक, सामाजिक बिकाश महाशाखा पमुख/प्रतिनिधि, प्रदेश स्वास्थ्य आपतकालीन संचालन केन्द्र प्रमुख/प्रतिनिधि र संघिय तह बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, अपाङ्गता भएका व्यक्तिहरुको वर्गीय संस्थाहरुका प्रतिनिधिहरु, पुनर्स्थापना सेवा केन्द्रहरुको छाता संगठन-नास्पिर,साझेदार संस्थाका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको सहभागिता स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि राष्ट्रिय कार्यशाला २०७८ पौष १ र २ गते (१६ र १७ डिसेम्बर २०२१) काठमाडौमा सम्पन्न भयो । उक्त कार्यक्रममा १३ महिला सहित ३२ जनाको सहभागिता रहेको थियो भने अपाङ्गता भएका व्यक्तिहरुको ८ जनाको सहभागिता जनाउनु भएको थियो ।
प्रेस विज्ञप्ती: अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस
अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस प्रेस विज्ञप्ती पृष्ठभुमी अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस यहि २०८० साल मंसिर १७ गते तदनुसार ३ डिसेम्बर २०२३ तारिखका दिन विश्वभर विविध कार्यक्रमहरु आयोजना गरि मनाइदै छ । यस अवधारणा पत्रमा उक्त दिवस मनाउनाका कारण र यस्को महत्वलाई सर्बसाधारणको जानकारीको लागी सञ्चार माध्यम बाट उजागर गराई अपाङ्गता भएका…
नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुका अधिकारको सवाल
विगत लामो समय देखि नै अपाङ्गता भएका व्यक्तिहरुका अधिकार सुनिश्चित नभएको र यसलाई कल्याणकारी अवधारणाका रुपमा मात्र सिमित रहेको परिपेक्षमा अबको संविधानमा अपाङ्गताको सवालमा अधिकारमुखी अवधारणाको विकासमा जोड दिदैं अपाङ्गता अधिकार ऐन पारित गर्न भोग्नु परेका उकाली ओरालीको एक झलक यसमा प्रस्तुत गरीएको छ ।
ईमेज च्यानेलको अन्तरक्रिया कार्यक्रम ‘Talk of the Town”
अपाङ्गता दिवसको सेरोफेरोमा रही हालै पारित भएको अपाङ्गता अधिकार ऐनका प्रावधान र प्रभावकारी कार्यन्वयन कसरी गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष श्री सुदर्शन सुवेदी र सेभ द चिल्डेनका लैङ्गिक सवालकी विषेशज्ञ श्री सोनी प्रधानसँग ईमेज च्यानलको ‘Talk of the Town’ कार्यक्रममा गरिएको अन्तरक्रिया कार्यक्रम यस भिडियोमा प्रस्तुत गरिएको छ ।
स्रोतः ईमेज च्यानेल