महाधिवेशन तथा वार्षिक साधारण सभाको मिति परिवर्तन सम्बन्धमा ।
०७९/०८०/६९
मिति : २०७९/०७/१५
श्री अध्यक्ष ज्यू,
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सम्पूर्ण सदस्य संस्थाहरु ।
विषय : महाधिवेशन तथा वार्षिक साधारण सभाको मिति परिवर्तन सम्बन्धमा ।
प्रस्तुत बिषयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको ९औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारण सभा मिति २०७९/०७/२१ र २२ गते आयोजना गरिएकोमा जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रानुसार मिति २०७९/०८/०४ गते हुने आसन्न निर्वाचन पश्चात महाधिवेशन गर्न महासंघलाई पत्र प्राप्त भएको जानकारी गराउदँछु ।
यसै बिषयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्य समितिको मिति २०७९/०७/१५ को निर्णय अनुसार ९औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारण सभा मिति २०७९/०८/१३ र १४ गते हुने गरी मिति परिवर्तन गरिएको व्यहोरा जानकारी गराइन्छ ।
………………..
(राजु बस्नेत)
महासचिव