समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) सम्पन्न
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा माईराईटसँगको साझेदारीमा समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) मिति २०७८ साल असोज १९- २१ गतेसम्म उदयपुरको गाईघाटमा सम्पन्न भएको छ । बालबालिकाको रुचि, क्षमता र वैयक्तिक आवश्यकताका आधारमा अपाङ्गता भएका बालबालिकाहरुलाई सुहाउँदो शिक्षा अरू बालबालिकासँगै उपलब्ध गराउने कार्य समावेशी शिक्षा हो । शिक्षा पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो । नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षाको सवाललाई संघदेखि प्रदेश र स्थानीय तहसम्म पुर्याउन अधिकारकर्मीहरुलाई अझै सकृय बनाउनु यस तालिमको प्रमुख उद्देश्य रहेको छ । उक्त तालिम अपाङ्गता अधिकारमा लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाका क्रियाशिल ३८ जना अधिकारकर्मीहरुलाई प्रदान गरिएको थियो ।
![समावेशी शिक्षा सम्बन्धी MTOT पश्चात सहभागिहरुसँग लिइएको सामूहिक तस्विर](http://nfdn.org.np/wp-content/uploads/2021/10/समावेशी-शिक्षा-सम्बन्धी-MTOT-पश्चात-सहभागिहरुसँग-लिइएको-सामूहिक-तस्विर.jpg)
तालिममा सहभागिहरुबीच जीवनको खेलको माध्यमबाट अपाङ्गता प्रकारको जानकारी सहित अपाङ्गता भएका व्यक्तिहरुले जन्मदेखि विभिन्न समयखण्डमा भोग्नु परेको बहिष्करण र विभेदलाई जीवनको खेलको माध्यमबाट समबुझाई गरिएको थियो । समावेशी शिक्षा र विषेश शिक्षाको भिन्नता, अपाङ्गता भएका व्यक्तिहरु/बालबालिकाहरु बहिष्करणमा कसरी र किन परेको छ ?, समावेशीताको अवधारणा तथा आयामहरु, नेपालमा समावेशी शिक्षाको व्यवस्था, समावेशी शिक्षाका राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन नीति तथा कार्यक्रम, नेपालमा समावेशी शिक्षाको विद्यामान अवस्था, अवसर तथा चुनौतिहरु (अपाङ्गताको प्रकार तथा सोमा समावेशी शिक्षामा पहुँच), समुदाय, विद्यालय र कक्षाकोठामा अपाङ्गता भएका बालबालिकाहरुको भोगाइ तथा चुनौति र व्यवस्थापनका रणनीतिहरु लगायत विभिन्न विषयहरुमा प्रस्तुतिकरण, प्रश्न उत्तर, समूह कार्य, खेल र भूमिका निर्वाह तथा प्रवचन लगायतका विधिहरु सहित तालिममा महासंघका पदाधिकारीहरुः उपाध्यक्ष रमा ढकाल, महासचिव राजु बस्नेत र कोषाध्यक्ष केपी अधिकारी ज्यूले सहजकर्ताको भुमिका निवार्ह गर्नुभएको थियो ।
![तालिमको पहिलो सत्र जीवनको खेलको माध्यमबाट अपाङ्गताको समबुझाइमा सहजीकरण गर्नुहुदै महासंघका महासचिव राजु बस्नेत .jpg](http://nfdn.org.np/wp-content/uploads/2021/10/अपाङ्गताको-समबुझाइमा-सहजीकरण-गर्नुहुदै-महासंघका-महासचिव-राजु-बस्नेत-1024x461.jpg)
अपाङगता भएका व्यक्तिहरु तथा बालबालिकाहरुलाई शिक्षा सहज रुपमा प्राप्त गर्नमा विभिन्न अवरोधहरुको सामना गर्नुपरिरहेको सहभागीहरुले समूह छलफलमा बताउनु भयो । अपाङ्गता भएका बालबालिकाहरु अरु भन्दा भिन्न हुने र उनीहरुको आवश्यकताहरु फरक फरक हुने हुनाले अलगै राखेर शिक्षा दिनुपर्छ भन्ने पुरातनवादी सोच एक तर्फ अझै विद्यमान रहेको छ भने भौतिक तथा शैक्षिक प्रणाली सबै बालबालिकाहरुलाई सहज र पहुँचयुक्त नभएको हुनाले संविधानले परिकल्पना गरेको समावेशी शिक्षा लागू हुन नसकेको अवस्था रहेको निष्कर्ष आएको छ । यसले अपाङ्गता भएका बालबालिकाहरुलाई समाजबाट अलग गरिदिन्छ र समाजसँगै हुर्कने, बढ्ने, पढ्ने एवं सँगसँगै प्रतिस्पर्धी बन्ने अवसरबाट वञ्चित गर्छ । अवसर पाएमा र सबैलाई समतामूलक पहुँचयुक्त वातावरणमा सबै बालबालिकाहरुले पढ्न र सिक्न सक्छन् भन्ने मान्यताका साथ समावेशी शिक्षाले अरु थप बहिष्करण हुनबाट रोक्छ । विविध वर्ग, क्षेत्र, लिङ्ग, क्षमता, आर्थिक-समाजिक परिवेशका बालबालिकाहरुलाई सँगसँगै पढ्ने र सिक्ने वातावरण प्रदान गर्ने सके एकले अर्काबाट सिक्ने मौका पाउँछन् र एकले अर्काको सम्मान र कदर गर्न पनि सिक्छन् ।
तालिममा लिइएका केही तस्विरहरुः
![बहिस्करण र समावेशीताको अवधारणा तथा आयामहरुका सत्र सहजीकरण गर्नुहुदैँ महासंघका कोषाध्यक्ष केपी अधिकारी](http://nfdn.org.np/wp-content/uploads/2021/10/सहजीकरण-गर्नुहुदैँ-महासंघका-कोषाध्यक्ष-केपी-अधिकारी-Copy-1024x461.jpg)
![तालिमको दोस्रो दिनको पुनरावलोकनमा सहभागीहरु आफ्नो अनुभव, सुझाव तथा जिज्ञासा राख्नुहुदैँ गरेको तस्विर](http://nfdn.org.np/wp-content/uploads/2021/10/Review-of-the-day-1024x461.jpg)
![नेपालमा समावेशी शिक्षाको विद्यामान अवस्था, अवसर तथा चुनौतिहरुका विषयमा सहजीकरण गर्नुहुदै महासंघको उपाध्यक्ष रमा ढकाल](http://nfdn.org.np/wp-content/uploads/2021/10/रमा-ढकाल-नेपालमा-समावेशी-शिक्षाको-विद्यामान-अवस्था-अवसर-तथा-चुनौतिहरु--1024x462.jpg)
![नेपालमा समावेशी शिक्षाको विद्यामान अवस्था, अवसर तथा चुनौतिहरुको सामूहिक कार्य पश्चात प्रस्तुतिकरण गर्नुहुदै कृष्ण माया अधिकारी](http://nfdn.org.np/wp-content/uploads/2021/10/Rama-Mama-1024x576.jpg)
![नेपालमा समावेशी शिक्षाको विद्यामान अवस्था, अवसर तथा चुनौतिहरुका विषयक समूहकार्य पश्चात समूहको नेतृत्व गर्नुहुदै शिव श्रेष्ठ](http://nfdn.org.np/wp-content/uploads/2021/10/IMG20211007110750-1024x576.jpg)
![तालिम पश्चात नयाँ विधिबाट सहभागीहरु एक अर्कालाई प्रमाणपत्र प्रदान गर्नुहुदैँ](http://nfdn.org.np/wp-content/uploads/2021/10/तालिम-पश्चात-नयाँ-विधिबाट-सहभागीहरु-एक-अर्कालाई-प्रमाणपत्र-प्रदान-गर्नुहुदैँ-1024x461.jpg)
![तालिम पश्चात नयाँ विधिबाट सहभागीहरु एक अर्कालाई प्रमाणपत्र प्रदान गर्नुहुदैँ](http://nfdn.org.np/wp-content/uploads/2021/10/IMG20211007141051-1024x461.jpg)