विशेष शिक्षाको व्यवस्था (कानुन तथा नीतिमा व्यवस्था भएअनुसार सञ्चालित कार्यक्रम)

सुविधा : यो विशेष पद्धति र ढाँचामा शिक्षा दिन आवश्यक पर्ने अपाङ्गता भएका बालबालिकाको सिकाइसम्बन्धी आवश्यकता सम्बोधन गर्दै उनीहरूलाई शिक्षाको समान अवसर प्रदान गर्नका लागि सञ्चालित शिक्षा कार्यक्रम हो । सुविधाको हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा र वर्गीकरणअन्तर्गत समेटिने विशेष शिक्षाको सुविधा दिन आवश्यक भएका (खास गरेर बहिरा, दृष्टिविहीन, बौद्धिक अपाङ्गता भएका) बालबालिका/व्यक्तिहरू…

परीक्षामा थप समय उपलब्ध गराइने

सुविधा : अपाङ्गताका कारण शारीरिक अङ्गमा आएको कार्य सीमितता वा आङ्गिक क्रियाशीलतामा आएको ढिलाइका कारण कुनै अपाङ्गता भएको विद्यार्थीले सामान्यतया परीक्षाका लागि तोकिएको समयभित्र परीक्षा दिन भ्याउँदैन र केही थप समय आवश्यक छ भन्ने ठहर भएमा त्यस्ता अपाङ्गता भएका विद्यार्थीलाई बढीमा एक घन्टा तीस मिनेटसम्म समय थप गर्न सकिने व्यवस्था छ । सुविधाको हकदार :…

परीक्षामा सहयोगीको व्यवस्था (Writers in Examination for Visually Impaired Students)

सुविधा : दृष्टिविहीनहरूलाई परीक्षा दिँदा सहयोगी राखेर लेख्न पाउने व्यवस्था गरिएको छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणले समेटेका दृष्टिविहीन परीक्षार्थीहरू । सुविधा प्रदान गर्ने निकाय : आफूले अध्ययन गरिरहेको विद्यालय वा परीक्षा केन्द्रका केन्द्राध्यक्ष । सुविधा प्राप्त गर्ने प्रक्रिया : परीक्षामा आफूलाई सहयोगी राखेर लेख्नुपर्ने आवश्यक भएको कारण खुलाई…