संघियतामा अपाङ्गताका सवाल
श्रवणदृष्टिविहिन अपांगता भनेको के हो र श्रवणदृष्टिविहिन अपांगता भएका बालबालिकाको अवस्था र हाल भइरहेका प्रयासहरु यस कार्यक्रममा प्रस्तुत गरीएको छ ।
समाजमा अपाङ्गता भएका महिलाहरुले विभिन्न चुनौति र समस्याहरु भोग्नु परीरहेको छ तर उनीहरुले प्रयाप्त अवसर र पहुँचयुक्त वातावरण पाएमा आफ्ना क्षमता प्रदर्शन गरी समाजमा उदाहरणीय कामहरु गर्न सक्छन् भन्ने विषय यसमा समेटिएको छ ।
महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र राष्टिय अपांग महासंघको सहकार्यमा निर्माण गरिएको यस कार्यक्रममा अटिजम भनेको के हो ? अटिजम भएका व्यक्तिहरुका लागि कस्तो वातावरणको आवस्यकता पर्छ? उनिहरुको सिकाईका विधिहरु के हनसक्छन आदि विषयमा जानकारी मुलक विषय वस्तु समेटिएका छन ।
अपाङ्गता भएका व्यक्तिहरुको भौतिक पहुँचको विषयहरु जस्तै सडक,सडकपेटि,विभिन्न सार्वजनिक स्थानहरु,शौचालय,सेवा दिने स्थानहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचको विषय यसमा समेटिएको छ।
यस कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका सफल अपाङ्गता भएका व्यक्तिहरुको संघर्ष र सफलताको कथाहरुलाई समेटिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको जीवन भोगाई र चुनौतिहरु के के रहेका छन् र कसरी आफ्नो सिप र क्षमतालाई विकास गर्दै ती व्यक्तिहरु प्रेरक जीवन बाच्न सफल भए भन्ने विषयवस्तुहरु समावेश गरिएको छ ।
कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट आज २०७६ चैत्र २५ बाट पहुँचयुक्त सांकेतिक भाषामा समेत प्रशारण गर्ने प्रयास गरिएको छ । <iframe width=”853″ height=”480″ src=”https://www.youtube.com/embed/qAINBp_MVY8″ frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>
यस कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभाग समाहित शिक्षा शाखाका उपनिर्देशक गणेश पौडेलसंग समाहित शिक्षा र अपांगता भएका विद्यार्थिहरुको अवस्था, शिक्षामा गरिएका नितिगत व्यवस्था तथा सेवा सुविधाका बारेमा जानकारीमुलक विषयवस्तु समेटिएका छन।