Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय दिवस

December 10, 2019December 10, 2019

“मलाई गणना गर, समावेश गर” भन्ने नाराको साथ मङ्सिर १७ अर्थात डिसेम्बर ३ तारिकका दिन अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय दिवस महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना एवं राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको संयोजकत्वमा सम्पन्न भयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँबाट सुरु गर्नुभएको करिब दुई हजार जना अपाङ्गता भएका व्यक्तिहरूलगायत विभिन्न सरकारी तथा गैरसरकारी निकाय, अपाङ्गताको क्षेत्रमा काम गर्ने सङ्घ-संस्थाको उल्लेख्य सहभागिता रहेको र्‌याली समाज कल्याण परिषद्, लैनचौरमा पुगेर सभामा परिणत भयो ।

Rally of IDPD

मन्त्री थापाले दीप प्रज्ज्वलन गरी औपचारिकरूपमा सुरु गर्नुभएको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव केशव भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीका शुभकामना सन्देश वाचन गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त सन्देशमा अपाङ्गता भएका व्यक्तिहरूलाई दया र मायाका दृष्टिले भन्दा पनि अधिकारमुखी दृष्टिकोणबाट हेर्दै उनीहरूलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनुपर्छ भनिएको छ ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ‌ओलीले संविधान, नीति र कानुनमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा, पुनःस्थापना, सहभागिता र समावेशीकरणलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । उहाँको सन्देशमा सरकारले अपाङ्गता भएका व्यक्तिहरूको विकास र सशक्तीकरणका लागि छुट्टै बृहत नीति र कार्ययोजना ल्याउने तयारी पनि गरिरहेको जानकारी दिनुभएको छ ।

कार्यक्रममा विभिन्न अतिथिले नेपालमा अपाङ्गताको क्षेत्र, यसमा भइरहेका क्रियाकलाप, विद्यमान चुनौती र अबका दिनमा कसरी दिगोरूपमा अघि बढ्न सकिन्छ भन्नेबारेमा धारणा व्यक्त गर्नुभयो ।Guests and Delegates at the stage of IDPD ceremony

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले नेपालमा गणतन्त्र स्थापना भएपछि बनेको सरकारले सीमान्तकृत र पछाडिपरेका समुदायलाई विकासको मूलधारमा ल्याउनका लागि नीति-नियम, कानुनहरू संवेदशील र समावेशी बनाएको बताउनुभयो ।

उहाँले देश विकासमा “मलाई गणना गर, समावेश गर” भन्ने नारा निकै सान्दर्भिक रहेको हुँदा यसका लक्ष्य र उद्देश्यले अपाङ्गता भएका नागरिकलाई समाजमा आफ्नो क्षमता देखाउने र अधिकार सुनिश्चितताको महशुस गर्ने तथा सम्मानित जीवनयापन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका संयाेजक तथा राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले विगतमा भएका कामको समीक्षा गर्दै अबका दिनमा सरकारको सहकार्य र समावेशिताको सिद्धान्तलाई अघि बढाउदै जानु पर्छ भन्नुभयो ।

यस वर्षको नारा रहेको “मलाई गणना गर, समावेश गर” लाई वर्षभरि नै अभियानको रूपमा सञ्चालन गरिने, अपाङ्गता भएका व्यक्तिहरूका हकहितका लागि गाउँमुखी रणनीति बनाई राज्यप्रदत्त सेवा-सुविधामा पहुँच पुर्‌याउन सरकारलाई सघाउने प्रतिबध्दता पनि उहाँले जनाउनुभयो ।

यस लेखका थप सामाग्री

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको सुरुवात

  • अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई विश्वव्यापीरूपमा स्थापित गर्ने प्रयासका क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय अपाङ्गता वर्षको रूपमा घोषणा गर्‌यो ।
  • अपाङ्गता भएका व्यक्तिहरूका सवालमा विश्वव्यापीरूपमा काम गर्न सन् १९८३ मा राष्ट्रसङ्घले अपाङ्गतासम्बन्धी दस वर्षे विश्व कार्ययोजना लागू गर्‌यो ।
  • सन् १९९२ मा यस दस वर्षे कार्ययोजनाको विश्वव्यापीरूपमा भएको कार्यान्वयनको समीक्षा गरियो र त्यसैवर्षदेखि ३ डिसेम्बरलाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउन थालिएको हो ।
  • नेपालमा यो दिवस सन् १९९३ देखि मनाउन थालिएको हो, जुन हरेक वर्ष नेपाल सरकारको नेतृत्वमा सबै सरोकारवालाहरूको सहभागितामा विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ ।

शुभकामना सन्देश

Honorable President of Nepal Bidhya Bhandari“अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण तथा समावेशिता र समानताको सुनिश्‍चितता” (Empowering persons with disabilities and ensuring inclusiveness and equality) भन्ने मूल नारा तथा “मलाई गणना गर, समावेश गर” भन्‍ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको २७औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा अपाङ्गता भएका दिदीबहिनी, दाजुभाइ तथा यस क्षेत्रमा कार्यरत व्यक्तिहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अपाङ्गता भएका व्यक्तिहरूलाई दया र मायाको दृष्टिले भन्दा पनि अधिकारमुखी दृष्टिकोणबाट हेर्दै उनीहरूलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनुपर्दछ । नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका लागि विभिन्‍न कामहरू भइरहेका छन् तापनि संयुक्त राष्ट्रसङ्घीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकारहरू सुनिश्‍चितताका लागि अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारी र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विशेष पहल हुनु जरुरी छ ।

शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान पहुँच, अपाङ्गतामैत्री संरचना, अपाङ्गतामैत्री कानुन, विशेष सामाजिक सुरक्षा, पुनःस्थापना, सामाजिक भेदभावबाट मुक्ति, निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता जस्ता विषयलाई आत्मसात गरी स्रोत, साधनलगायत आवश्यक कुराहरूको प्रबन्ध गर्दै क्रमशः कार्यान्वयनमा लैजानेतर्फ हामी सबैले ध्यान केन्द्रित गर्नुपर्छ भन्‍ने मलाई लाग्छ ।

(राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशको सम्पादित अंश ।)

(यो लेख रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५ मा प्रकासित भएको हो । यस अंकका अन्य लेखहरू हेर्न यहाँ थिच्नुहोस्।)

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search