Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

अपाङ्गता मैत्री सरसफाइ अभियान

November 29, 2019December 10, 2019
यस तस्विरमा करेसाबारीसँगै भाँडा माझ्ने स्थान बनाएको देखाएको छ
तस्विर विवरणः यस तस्विरमा करेसाबारीसँगै भाँडा माझ्ने स्थान बनाएको देखाएको छ

मोरङ जिल्लाको जाँते गाविस (पहिलेको ) खुला दिशामुक्त गाविस घोषणा भइसकेको भए पनि त्यहाँका झण्डै ६ प्रतिशत परिवारले शौचालय बनाउन सकेका थिएनन् । खुला क्षेत्रमा दिशापिशाब गर्ने गरेको पाइन्थ्यो । स्थानीयस्तरका खानेपानी र सरसफाइसम्बन्धी काम गर्ने संस्था समेत सक्रिय नभएको अवस्था थियो । पानी शुध्दीकरण गरेर खाने चलन छदै थिएन भन्दा पनि हुन्थ्यो । फोहर मैला जहाँ पायो त्यहीँ फालिन्थ्यो । समग्रमा हेर्दा स्वस्थकर जीवनशैलीबारे जानकारीको अभाव देखिन्थ्यो ।

राष्ट्रिय अपाङ्ग महासँघ पुर्वाञ्चल क्षेत्रीय कार्यालयको विशेष पहलमा स्थानीय स्तरमा सक्रिय अपाङ्गता भएका व्यक्तिहरूको समूहले खानेपानी तथा सरसफाइ समन्वय समिति सँग समन्वय एवं छलफल गरी उक्त क्षेत्रलाई स्वच्छ र सफा-सुग्घर बनाउनका लागि अभियान सञ्चालन गर्ने निर्णय गरियो । साथै उक्त समन्वय समितिमा अपाङ्गता भएको व्यक्तिलाई समेत सहभागी गराउनका निम्ति समितिका पदाधिकारीहरू समेत तयार देखिए पछि उक्त खाने पानी तथा सरसफाइ समन्वय समितिलाई सक्रिय रूपमा अगाडी बढाउनका लागि अपाङ्गता भएका व्यक्तिहरू सहित समितिको पुनर्गठन गरियो ।

यतिबेला गाउँको सरसफाइको अवस्था जाँच गर्नका लागि सर्वसाधारणको समेत प्रत्यक्ष संलग्नतामा एक सरसफाइ सूचक तयार गरिएको छ । सोही सूचकका आधारमा सरसफाइ अभियान अन्तर्गत हरेक घर-घरमा गई प्रत्येक घरको सरसफाइको अवस्था मूल्याङ्कन गरी रातो, नीलो वा पहिलो सरसफाइ कार्ड वितरण गर्ने र आवश्यक जानकारी एवम् सरसल्लाह समेत दिने गरिएको छ । यसले गर्दा आफ्नो घरआँगनलाई सदैव सफा र स्वच्छ बनाइ राख्नु पर्छ भन्ने सन्देश सर्वसाधारणमा प्रवाह भएर गएको छ ।

स्थानीयको यस अभियानमा जाँते गा. वि. श. कार्यालय एवम् त्यस क्षेत्रमा कार्यरत अन्य केही गैरसरकारी संस्थाहरूले समेत जोडतोडका साथ सघाइ रहेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरूलाईसमेत समेटिकाले यो अभियान थप प्रभावकारी भइरहेको अनुभव छ समितिका धेरै सदस्यहरूको । यस अभियानले उक्त गाविशलाई स्वच्छ मात्रै बनाउन सहयोग गरेको छदैँ छ अपाङ्गता समावेशी विकासको एक नमुना समेत प्रस्तुत गरेको छ ।

प्रस्तुति : अनिल कुस्वाह ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search