उपक्षेत्रीय तहमा
एसोसिएसन अफ साउथ इष्ट एसियन नेशन, इकोनोमिक को-अपरेशन अर्गनाइजेशन, दि प्यासेफिक आइल्याण्ड फोरम एण्ड र साउथ एसियन एसोसिएसन फर रिजनल को-अपरेशन जस्ता उपक्षेत्रीय अन्तर सरकारी निकायहरूले आफ्ना कार्यादेशहरूमा अपाङ्गता समावेशी नीति र कार्यक्रमहरूलाई समावेश गरी इन्च्योन रणनीति र मन्त्रीस्तरीय घोषणापत्र कार्यान्वयनलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेछ ।
इस्क्यापको सचिवालयले अपाङ्गता भएका व्यक्तिहरूको एसिया तथा प्रशान्त दशक, सन् २०१३-२०२२ लाई प्रवर्द्धन गर्न उपक्षेत्रीय र अन्तर उपक्षेत्रीय सहकार्यमा सहयोग गर्नेछ । यसका लागि उपक्षेत्रीय अन्तर सरकारी निकायहरूसँग साझेदारी गर्नेछ । यसो गर्दा अपाङ्गता समावेशी विकासलाई प्रवर्द्धन गर्न यसका क्षेत्रीय निकायहरूले सहयोग गरेका उत्तर तथा मध्यएसिया, पूर्वी तथा उत्तर-पूर्वी एसिया, प्रशान्त क्षेत्र र दक्षिण तथा दक्षीण-पश्चिम एसियाका उप-क्षेत्रीय कार्यालयहरूको सक्रिय सहभागितालाई साथ लिनुपर्छ ।