Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

छैठौँ अपेक्षित परिणाम : लैंगिक समानता र महिला सशक्तीकरण सुनिश्चित गर्ने

November 29, 2019

अपाङ्गता भएका महिला र केटीहरूले विभिन्न प्रकारका विभेद र दुर्व्यवहारहरूको सामना गर्नुपरेको छ । अलग्याउने प्रवृत्ति र हेरचाह गर्नेसँगको परनिर्भरताले उनीहरूलाई एच.आइ.भी. सङ्क्रमणको जोखिम, गर्भावस्थामा बच्चा वा आमाको मृत्यु हुने लगायत अझ धेरै हिंसा, शोषण र दुर्व्यवहारको जोखिममा पारेको छ । मूलधारका लैंगिक समानतासम्बन्धी कार्यक्रमहरूमा अपाङ्गता भएका महिला समेटिएका छैनन् । यौन तथा प्रजनन स्वास्थ्य र सामान्य स्वास्थ्य स्याहारसम्बन्धी सूचनाहरू अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भाषा र ढाँचामा छैनन् । तसर्थ, यस दशकको प्रतिज्ञा तबमात्र पूरा भएको हुनेछ, जब अपाङ्गता भएका महिला र केटीहरू विकासका समान र सक्रिय सहभागी हुनेछन् ।

प्रगति मापन गर्ने सूचक

मुख्य सूचक

६.१   लैङ्गिकता र महिला सशक्तीकरणसम्बन्धी कार्ययोजनाहरूमा अपाङ्गता भएका महिलाको सहभागिता प्रवर्द्धन गराउने देशको संख्या ।

६.२   देशको संसद् वा सोसरहको राज्यको निकायमा अपाङ्गता भएका महिलाले प्रतिनिधित्व गरेको सिट संख्या ।

६.३   अपाङ्गता नभएका महिलाको तुलनामा सरकार र नागरिक समाजद्वारा सञ्चालन गरिएका यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवाहरूमा पहुँच प्राप्त गरेका अपाङ्गता भएका महिला र केटीको संख्या ।

६.४   अपाङ्गता भएका महिला र केटीमाथि हुने यौन दुर्व्यवहार र शोषणलगायत हिंसा उन्मूलन वा यससँग सम्बन्धित सरकार तथा अन्य विभिन्न निकायले सञ्चालन गरेका कार्यक्रमको संख्या ।

६.५   कुनै पनि प्रकारका हिंसा वा दुर्व्यवहारवाट पीडित अपाङ्गता भएका महिला तथा केटीहरूलाई पुनःस्थापना, सहयोग तथा आवश्यक हेरचाह गर्न सरकार तथा सम्बन्धित निकायहरूले सञ्चालन गरेका कार्यक्रमको संख्या ।

लक्ष्य

लक्ष ६. (क) : मूलधारका विकासका अवसरहरूमा अपाङ्गता भएका महिला र केटीहरूलाई समान अवसर दिने ।

लक्ष ६. (ख) : सरकारका निर्णय गर्ने निकायहरूमा अपाङ्गता भएका महिलाको प्रतिनिधित्व गराउने ।

लक्ष ६. (ग) : अपाङ्गता नभएका महिला र केटीहरूसरह समान आधारमा अपाङ्गता भएका महिला र केटीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवाहरूमा समान पहुँच हुनेछ ।

लक्ष ६. (घ) : अपाङ्गता भएका महिला र केटीहरूलाई हिंसा र दुर्व्यवहारबाट संरक्षण दिने उपायहरू वृद्धि गर्ने ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search