Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

नवौँ अपेक्षित परिणाम : अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गराउने र यस अनुकूल राज्यका नियम र कानुनी प्रावधानहरूमा परिवर्तन ल्याउने कामलाई तिब्रता दिने

November 29, 2019

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि अपाङ्गतासम्बन्धी पहिलो अन्तर्राष्ट्रिय कानुनी दस्तावेज हो, जसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको संरक्षण, सम्मान र परिपूर्तिका लागि विस्तृत अवधारणा र उपायहरू प्रदान गर्छ । महासन्धिले अपाङ्गता भएका व्यक्तिहरूलाई दयाका पात्रको रूपमा नभएर अधिकार धारकका रूपमा सशक्त बनाउँछ । इस्क्याप क्षेत्रले महासन्धिको मस्यौदा निर्माण गर्ने चरणमा निकै सक्रिय र ऐतिहासिक भूमिका निर्वाह गरेको थियो । अक्टुबर ३०, २०१२ सम्ममा संसारका १२६ देशले यस महासन्धिलाई अनुमोदन गरिसकेका छन् भने १५४ देशले यसमा हस्ताक्षर गरिसकेका छन् । यसमध्ये एसिया प्रशान्त क्षेत्रका ३५ देशले यसमा हस्ताक्षर गरेका छन् भने २५ देशले यसलाई अनुमोदन पनि गरिसकेका छन् ।

प्रगति मापन गर्नका लागि सूचक

मुख्य सूचक

९.१.          महासन्धि अनुमोदन गर्ने देशको संख्या ।

९.२.          अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण र संवर्द्धन गर्न विभेदहरू विरूद्धका कानुनी प्रावधानहरूको उपलब्धता ।

सहायक सूचक

९.३.          महासन्धिको ऐच्छिक आलेख अनुमोदन गर्ने एसिया प्रशान्त क्षेत्रका देशको संख्या ।

९.४.          हटाइएका वा संशोधन गरिएका अपाङ्गता भएका व्यक्तिहरूमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभेद हुनेखालका कानुनी व्यवस्थाको संख्या ।

लक्ष्य

९.(क) : यस दशकको मध्यसम्ममा (२०१७) यस एसिया तथा प्रशान्त क्षेत्रका थप १० वटा देशले महासन्धिलाई अनुमोदन गर्नेछन् र यस दशकको अन्त्यसम्म (२०२२) मा थप अरू १० देशले महासन्धिलाई अनुमोदन गर्नेछन् ।

९.(ख) : कानुनी प्रावधानहरूलाई महासन्धि अनुकूल बनाउने क्रममा राष्ट्रिय कानुनहरूमा विभेद विरूद्धका प्रावधान र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण र संवर्द्धन गर्न आवश्यक पर्ने प्राविधिक मापदण्ड र उपायहरू समावेश गर्ने । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अपाङ्गता भएका व्यक्तिहरूप्रति विभेद हुनेखालका सबै कानुनी प्रावधानमा संशोधन गर्ने ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search