नेपाल राष्ट्रिय भवन संहिता—२०६ तथा विकास योजनाहरुमा पहुँचयुक्तताको स्थिति सम्बन्धी अध्ययन प्रतिवेदन
June 2021
राष्ट्रिय भवन संहितामा समेटिएका पहुँचयुक्ततासंग सम्बन्धित विषयबस्तुको समिक्षा गरि राष्ट्रिय—अन्तर्राष्ट्रिय अभ्यास अनुरुपका कुराहरुलाई भवन संहितामा समेट्न नेपाल सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले यो संक्षिप्त प्रतिवेदन तयार पारिएको छ । एशिया (खासगरि दक्षिण एशिया) का अन्य देशहरुमा गरिएका अभ्यासहरुका बारेमा पनि यसमा संक्षिप्त रुपमा उल्लेख गरि राष्ट्रिय भवन संहितामा समेट्नुपर्ने कुराहरु सुझावको रुपमा उल्लेख गरिएको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले समिति नै बनाएर निर्देशिका परिमार्जनको कार्य गरिरहेको सन्दर्भमा हाल लागु भएको निर्देशिकामा थप के—के कुराहरु समेट्न सकिन्छ, पहुँचयुक्तताका विश्वब्यापी सिद्धान्त र अन्य देशमा लागु भएका निर्देशिकाहरु हाम्रो सन्दर्भमा कत्तिको उपयोगी छन्, राष्ट्रिय भवन संहिता (वास्तुकलागत संहिता २०६) मा केकस्ता प्रावधान छन् र तिनलाई निर्देशिकामा कसरी समेट्ने सकिन्छ भन्ने उद्देश्यले यो अध्ययन प्रतिवेदन तयार पारिएको हो ।
अध्ययन प्रतिवेदन_ National Building code 206 Review_210304 (PDF Format)