अटिजम: पहिचान र उपचार

डा. सुनिता मलेकू अमात्य हाम्रो देशमा विभिन्न जातजाति, धर्म र संस्कृति छन् । अपाङ्गतामा पनि धेरै प्रकार र त्यसमा पनि विविधता छ । हामी अपाङ्गता भन्नेवित्तिकै शारीरिक अपाङ्गता, दृष्टिबिहिन, बहिरा इत्यादि सम्झन्छौं र सामान्यतया त्यस्ता व्यक्तिहरूको सरलै पहिचान पनि गर्छौं । तर हामीले यो बुझ्नु जरुरी छ कि सबै अपाङ्गता हेर्नेवित्तिकै बुझ्न र पहिचान गर्न सकिंदैन…

भकभकेपन: भ्रम र वास्तविकता

सञ्जयकुमार झा भकभकेपन एक प्रकारको स्वर तथा बोलीसम्बन्धी समस्या हो । यस्तो समस्या भएका व्यक्तिहरू बोल्दा बीचमा अड्‍किने वा एउटै अक्षर वा शब्दहरू दोहोर्‍याउने गर्छन् । यो समस्या सामान्यतया कुनै पनि उमेरमा देखा पर्ने भए पनि धेरैजसो बाल्यकालमा बोली र भाषाको विकास सुरु हुने बेलामा देखा पर्ने गर्छ । यो समस्या केटीहरूमा भन्दा केटाहरुमा चारगुणा…

नाता खोज्दै नदीहरू

– नरबहादुर लिम्बू “तेह्रथुमे” सङ्कल्पसँगै उम्रिएर सुदूर लक्ष्यसँगै लहसिएर उ केवल ओरालो बग्छ दक्षिणतिर उर्लन्छ मात्र नामको स्वतन्त्रता मात्र आभासको निर्बन्धता छातीमा च्यापी धङ्गधङ्गीका बुढा बकैनाका रुखहरू जरैबाट उखेल्दै भङ्गालैपिच्छे अँगालो थपेर खोल्सा र कुलेसाहरूलाई स्नेहको चुम्मन बाँड्दै मथिङ्गलहरू सोहोरेर कलुषितताहरूको डङ्गुर उधिन्दै उ आत्मीयता खोज्दैछ उ आफ्नो हराएको नाता पहिल्याउँदैछ । सिमित स्वतन्त्रतामा बाँच्न…

नेपालमा दृष्टिविहीन क्रिकेटको विकास र चुनौती

– सेनानी पवन घिमिरे संसारमा अनेक प्रकारका मानिस हुन्छन् र उनीहरूको अपाङ्गता भएका व्यक्तिहरूप्रतिको दृष्टिकोण पनि फरक फरक हुन्छ । कसैको नजरमा उनीहरू धर्तीका भार हुन्, कसैका लागि दयाका पात्र त कसैका लागि पेशा गर्ने माध्यम । थोरैका लागि मात्र उनीहरू समाजका सामान्य नागरिक हुन् । सरकारी दृष्टिकोण हेर्ने हो भने अन्तर्राष्ट्रिय जगतमा आफ्नो प्रतिष्ठा…

सम्पादकीय: नयाँ सँविधानमा अपाङ्गता भएका व्यक्तिका सवाल

सुदर्शन सुवेदी संयुक्त राष्ट्रसङ्घले समय समयमा अपाङ्गता भएका व्यक्तिहरूका हक-अधिकार प्रवर्द्धन र संरक्षणका लागि विभिन्न अन्तर्राष्ट्रिय कानुनी दस्तावेज तथा प्रतिबद्धताहरू जारी गर्ने तथा ती दस्तावेजहरूको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहलहरू गर्ने काम गर्दै आएको छ । यस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय दस्तावेजहरूलाई एसिया तथा प्रशान्त क्षेत्रका देशहरूमा प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रसङ्घको क्षेत्रीय निकाय संयुक्त राष्ट्रसङ्घको एसिया तथा…

भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरूका लागि राष्ट्रिय अपाङ्ग महासंघको पहल

सम्पादकीय टोली भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाका बारेमा निरन्तर सूचनाहरू सङ्कलन गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफ्नो स्रोत-साधन, संरचना, मानवशक्ति, सञ्जाल सबैको सकेसम्म उपयोग गरी विपद्का कारणले समस्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सकेसम्म उद्धार तथा राहतमा पहुँच पुर्‍याउने काममा आफूलाई संलग्न गरायो । त्यस क्रममा गरिएका केही काम यस्ता रहे- १. सूचना तथा तथ्याङ्क…

भूकम्प र अपाङ्गता

हुमकला पाण्डे नेपालमा यही २०७२ वैशाख १२ र २९ गते आएका ७.८ रेक्टर स्केलका महाविनाशकारी भूकम्पका कारण आठ हजारभन्दा बढी मानिसको मृत्युभयो । बाइस हजारभन्दा बढी व्यक्ति घाइते भए । भूकम्पबाट अति प्रभावित १४ र अन्य ३५ जिल्लाका हजारौं व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभावित भएका छन् । यसरी बढी प्रभावित हुनेमा अपाङ्गता भएका व्यक्ति, सुत्केरी…

२०७२ को महाभूकम्पको अनुभूति र अपाङ्गता

नरबहादुर लिम्बू २०७२ वैशाख १२ गते शनिवार परेकाले बिहानको शनिवार-विशेष खाना खाई सदाझैं रेडियो नेपालको व्यक्ति-व्यक्तित्व कार्यक्रम सुन्दै लेखक आफ्नै घरको दोस्रो तला, बाटोपट्टिको कोठामा ढल्किरहेको हुन्छ । ढल्काइका क्रममा निद्रले झपक्क छोप्छ । उस्लाई के थाहा- यही दिन महाभूकम्प आइ पूरै देशलाई तहस-नहस पार्छ भन्ने कुरा ? आफ्नो ५० वर्षे उमेरमा यस्तो कहिलै परेको…