अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस मनाउने सम्वन्धमा
मिति: २०८१/०८/१२
नेपाल सम्वत ११४५
श्री राष्ट्रिय अपाङ्ग महासंघ नेपाल,
भृकुटीमण्डप, काठमाण्डौं ।
विषय : अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस मनाउने सम्वन्धमा ।
प्रस्तुत विषयमा अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस, ३ डिसेम्वर,२०२४ (२०८१ मंसिर १८ गते मंगलबार) मनाउन यस मन्त्रालयले तयारी गरिरहेको विदितै छ । उक्त दिवस मनाउन यस वर्ष संयुक्त राष्ट्र संघले तय गरेको अन्तर्राष्ट्रिय नारा “Amplifying the leadership of persons with disabilities for an inclusive and sustainable future” र नेपालको राष्ट्रिय मूल नाराको रुपमा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार” रहेको छ । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा यसै बमोजिमको अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराहरु प्रयोग गर्न गराउन हुन साथै प्रदेश स्तरमा सञ्चालन हुने कार्यक्रममा समेत यस मन्त्रालय र प्रदेश सरकारको समेत समन्वयमा कार्यक्रम सञ्चालन गर्ने गरी उक्त दिवस मनाउने सन्दर्भमा आवश्यक समन्वय गरिदिनुहुन मन्त्रालयको मिति २०८१/०८/१२ गतेको निर्णयानुसार अनुरोध छ ।
प्रतिभा राई
शाखा अधिकृत