१७ औं मुनिश्वर स्मृति दिवस मनाइयो
राष्ट्रिय अपाङ्ग महासंघले मिति २०७६ पौष १ गते एक कार्यक्रम गरी यसका पुर्व अध्यक्ष मुनिश्वर पाण्डेको स्मृति दिवस मनाएको छ । स्वर्गीय मुनिश्वर पाण्डे राष्ट्रिय अपाङ्ग महासंघको वि.सं. २०५६ को महाधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो । अपाङ्गता भएका व्यक्तिहरुको आन्दोलनलाई मुर्त रुप दिदै उनीहरुको सर्वाङ्गिण विकासको लागि भुमिका खेल्नुभएको उनले वि.सं. २०५९ मा भएको अर्को महाधिवेशनबाट दोस्रो कार्यकालको लागी निर्वाचित हुनुभएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरुको हकहित र अधिकारको लागी स्थापित यो संस्थालाई उच्च स्थानमा ल्याउने श्रेय स्वर्गीय मुनिश्वर ज्यूलाई दिदैं एक मिनेट मौन धारण गरी उनको सम्झना गरिएको थियो । महासंघकी सङ्घीय उपाध्यक्ष रमा ढकालले मुनिश्वर पाण्डे अपाङ्गताको सवाललाई मानवअधिकारको सवाल बनाउन र अधिकारमुखी अवधारणालाई स्थापित गर्न सफल अधिकारकर्मी भएको बताउनुहुदैं कार्यक्रमको संचालन गर्नुभएको थियो ।
मुनिश्वर अध्यक्ष हुँदा नै सरकारले पहिलो पटक अपाङ्गता भएका व्यक्तिको कार्यक्रमको लागी बजेट छुट्याउन सुरु गर्नुभएको थियो भने अपाङ्गता भएका व्यक्तिको परिचय पत्र बनाउने पहलको सुरुवात पनि उहाँकै पालोबाट सुरुवात भएको थियो । यसका साथै तत्कालिन अवस्थामा महासंघको संक्रमणकालिन अवस्थालाई सुधार गरी देशभरी नै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न विभिन्न संेघसंस्थाहरु खोल्नलाई प्रोत्साहन गर्ने र अधिकारकर्मी साथिहरुलाई उत्प्रेरणा प्रदान गर्दै अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई राज्यको मुल मुद्धाको रुपमा स्थापित गर्न पाण्डेले भुमिका खेलेको स्मृति विभिन्न अपाङ्गता भएका व्यक्तिहरुका प्रतिनिधिहरुले बताउनुभयो ।