सम्मान एवम् पुरस्कृत गर्ने सम्बन्धी सुचना
सूचना प्रकाशन मिति : २०८० मंसिर ७ गते बिहिबार
अपाङ्गता भएका व्यक्तिहरूको ३२ औँ अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गताको अभियानमा तपसिलका प्रत्येक विधाहरुमा १ महिला र १ पुरुषलाई सम्मान एवम् पुरस्कृत गर्ने निर्णय गरेको जानकारी गराउन चहान्छौं। तसर्थ तपसिलका विधामा अपाङ्गता क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनुहुने महानुभावहरुलाई आफ्ना पुष्टिहुने विवरण/प्रमाण सहित १ हप्ता भित्र यस महासंघको संघीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनु हुन सम्बन्धित सबैमा अनुरोध छ |
सम्मान एवम् पुरस्कृत गरिने विधाहरु :
- सरकारी कर्मचारी ।
- पत्रकारिता क्षेत्रबाट अपाङ्गता सवाल उठान गर्ने पत्रकार।
- अपाङ्गता भएको व्यक्तिसँग बिहे गरी निरन्तर अपाङ्गताको क्षेत्रमा क्रियाशील व्यक्ति
- राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कर्मचारी
आवेदन गर्ने ठेगाना
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
भृकुटिमण्डप काठमाण्डौ ।
फोन नम्वर ०१-५३३११५९
इमेल : nfdnofficial@gmail.com