अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९
दफा १० को उपदफा २ :
कुनै अपाङ्गले खेलकुद, मनोरञ्जन वा सांस्कृतिक प्रदर्शन इत्यादिमा भाग लिन चाहेमा सो कामका लागि सम्बन्धित संस्थामा उपयुक्त तालिम दिने, सिकाउने र सो कामका लागि व्यवस्था गरिदिने सम्बन्धमा प्राथमिकता दिन सकिनेछ ।
दफा १० को उपदफा ४ :
अपाङ्गले प्रयोग गर्ने सहायक साधन, उपकरण वा औजार तथा अपाङ्गको तालिमको लागि वा निजी रोजगारीमा लागेको अपाङ्गको रोजगारीका लागि प्रयोग गर्ने मालसामान, यन्त्र, पार्टपुर्जा तथा कच्चा पदार्थमा भन्सार, अन्त:शुल्क, बिक्री कर, स्थानीय कर, सरचार्ज र अन्य दस्तुरसमेत नेपाल सरकारले सम्पूर्ण वा आंशिकरूपमा छुट दिन सकिनेछ ।
दफा १० को उपदफा ६ :
अपाङ्गलाई रोजगारी दिने कारखानालाई सो कारखानाले नियुक्त गरेको, अपाङ्गको अनुपातमा नेपाल सरकारले तोकिएबमोजिमको दरले आयकर छुट दिन सक्नेछ । अपाङ्गलाई नियुक्त गर्न आˆनो कारखानाको यन्त्रमा गरिएको विशेष अदलबदल वा जडान गरिएको पार्टपुर्जाबापतमा भएको खर्चलाई तोकिएबमोजिमको परिमाणमा आयकर छुट पाउने अङ्कमा जोड्न अनुमति दिन सकिनेछ ।
दफा १० को उपदफा ७ :
अपाङ्गको निम्ति तालिम दिने वा रोजगारी दिने वा रोजगारीको व्यवस्था गरिदिने सामाजिक संस्था, व्यापारिक वा औद्योगिक प्रतिष्ठानलाई बैंक तथा आर्थिक संस्थाहरूबाट सरल ब्याजदरमा ऋण दिलाउने व्यवस्था गर्न सकिनेछ ।