हवाई यातायातमा लाग्ने भाडामा ५० प्रतिशत छुट (Fifty percentage of Discount in Airfare)

(कानुनमा उल्लेखित व्यवस्था) सुविधा : आन्तरिक हवाई यात्रामा अपाङ्गता भएका व्यक्तिहरूलाई भाडामा ५० प्रतिशत छुट दिइन्छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणअन्तर्गत समेटिने अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्राप्त गर्ने ठाउँ/निकाय : सम्बन्धित हवाई सेवाको टिकट बिक्री कक्ष । सुविधा प्राप्त गर्ने प्रक्रिया क) यो सुविधा लिनका लागि सुविधा लिने…

सार्वजनिक सडक यातायातमा भाडा छुट (Discount in Public Road Transportation)

(कानुनमा उल्लेखित व्यवस्था) सुविधा : सार्वजनिक सडक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा र वर्गीकरणमा समेटिने सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्राप्त गर्ने ठाउँ/निकाय : लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक भाडाका सबारी साधनहरू सञ्चालन गर्ने व्यावसायिक संस्थाहरू ।…

सार्वजनिक सडक यातायातमा सिट आरक्षणको व्यवस्था (Seat Reservation in Public Road Transportation)

(कानुनमा उल्लेखित व्यवस्था ) सुविधा : सार्वजनिक सडक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई सिट आरक्षण गनर्’पर्ने प्रावधान छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणमा समेटिने अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्राप्त गर्ने ठाउँ/निकाय : सार्वजनिक सबारी साधन सञ्चालकहरू (हरेक १५ जना वा सोभन्दा बढी यात्रुहरू लिएर हिँड्ने क्षमता भएका सबारीसाधनमा अपाङ्गता…

विशेष प्रकारका सबारी साधनमा भन्सार छुटको व्यवस्था (No Custom Taxs in Special types of 4 wheeler scooters)

(वार्षिक नीति तथा कार्यक्रममार्फत् निरन्तरता दिइएको ) सुविधा : शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने विशेष प्रकारका चारपाङ्ग्रे स्कुटरमा नेपाल सरकारले आव २०६५/०६६ देखि पूर्णरूपमा भन्सार छुटको व्यवस्था गरेको छ र आव २०६६/०६७ को बजेटमा यसलाई निरन्तरता दिँदै भ्याटमा समेत छुट दिने व्यवस्था थप गरिएको छ । सुविधाका हकदार : नेपाल सरकारको परिभाषा र वर्गीकरणमा…