अपाङ्गता परिचयपत्र (Disability ID Card)

सरकारी तथा गैरसरकारी निकायहरूबाट अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रवाह गरिने सेवासुविधा, अवसर र अधिकारको न्यायपूर्ण र प्रभावकारी वितरण होस् भन्ने हेतुले तथा अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारको धारकका रूपमा स्वीकार गरी नेपाल सरकारले अपाङ्गता परिचयपत्रको व्यवस्था गरेको हो । कुनै पनि उमेरका अपाङ्गता भएका सबै व्यक्तिले आफ्नो जिल्लाको महिला विकास कार्यालयबाट परिचयपत्र प्राप्त गर्न सक्नेछन् ।…

अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण निर्देशिका, २०६५ (Disability ID Card Distribution Directive)

१. परिचय अपाङ्गता भएका व्यक्तिहरूको हितको संरक्षण र संवर्द्धन गर्न, तिनका स्वास्थ्य, शिक्षा, रोजगारी, तालिम, पुनर्स्थापना तथा अवसर समानीकरण गराउँदै विकास प्रक्रियाहरूमा समावेशीकरण गराउन तथा राज्यद्वारा तोकिएका सेवा, सुविधा र अवसरको उचित व्यवस्थापन गराउन अपाङ्ग संरक्षण तथा कल्याण नियमावली २०५१ को नियम ५ अनुसार अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण निर्देशिका, २०६५ जारी गरिएको छ ।…