पहुँचयुक्त भौतिक संरचना, संचार तथा यातायात सम्बन्धी थ्रीडी एनिमेटेड भिडियो

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबिएम ग्लोबलसँगको सहयोगमा पहुँचयुक्त भौतिक संरचना, संचार तथा यातायात सम्बन्धी थ्रीडी एनिमेडेट भिडियोहरु बनाएको छ । थ्रीडी एनिमेडेट भिडियोहरुले सबै (बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सबै व्यक्तिहरु) ले प्रयोग गर्न सक्ने (विश्वव्यापी ढाँचा अर्थात Universal Design) पहुँचयुक्त भौतिक संरचना, यातायात र सूचना तथा संचार सेवा सम्बन्धी सन्देश राखिएको छ…

मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगी सम्बन्धी प्रेश विज्ञप्ति

  मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगी सम्बन्धमा यहीँ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत  संकेत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा…

समावेशी निर्वाचन सम्बन्धी जनचेतनामूलक भिडियो

“मतदान प्रकृया र मतदानस्थलहरूलाई सबै अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त बनाउँ । सबैको मतदानको अधिकार सुनिश्चित गरौँ ।”

सार्वजनिक संरचनामा भौतिक पहुँचको व्यवस्था (Provisions for Physical Access in Public InfrastructureS)

(राष्ट्रिय भवन आचारसंहितामा उल्लेखित व्यवस्था) सुविधा : अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्र आवागमन र उपयोगलाई सहज तुल्याउन सार्वजनिक भौतिक संरचनाहरू लगायत सञ्चार तथा सूचना सेवाहरु सबै अपाङ्गता भएका व्यक्तिहरुका लागि मैत्रीपूर्ण र पहुँचयुक्त बनाउनुपर्ने प्रावधान छ । भौतिक संरचनाहरु कस्तो बनाउनुपर्ने, त्यसको मापदण्ड के हुने भन्ने बारेमा नेपाल सरकारले छुट्टै निर्देशिका निर्माण गरि लागू गरेको छ…

पहुँचयुक्तता सम्बन्धी मन्त्री परिषद्को निर्णय (Decision of Council of Ministers Regarding Accessibility)

नेपाल सरकार मन्त्री परिषदले र राष्ट्रिय योजना आयोगले जारी गरेको परिपत्रमा अपाङ्गता भएका व्यक्तिहरुको लागि विभिन्न सेवा उपभोग गर्न विभन्न कार्यालयमा आवतजावतलाई सहज वनाउन मैत्रीपूर्ण र्याम्पको व्यवस्था गर्नुपर्ने निर्देशन दिइएको छ । यसै गरि शिक्षा मन्त्रालय, स्थानीय विकास मन्त्रालय र गृह मन्त्रालयले पनि आफ्ना स्थानीय निकायहरु रहने कार्यालयहरुमा आवश्यक ठाउँमा र्याम्पको व्यवस्था गर्नुपर्ने र नयाँ…

अदालतका नयाँ वन्ने भवनहरु अपाङ्गता मैत्री हुनुपर्ने (New Buildings of Courts must be disability friendly)

सुविधा : अव नयाँ वन्ने अदालतका भवनहरु अपाङ्गता भएका व्यक्तिहरुको पहुँचलाई ध्यानमा राखेर वनाइनुपर्ने नीतिगत व्यवस्था रहेको छ । यस वाहेक सर्वाच्च अदालतले आफ्ना मातहतका सवै अदालतहरुमा सूचना तथा सहयोग कक्ष स्थापना गरि अशक्त व्यक्तिहरुलाई सेवा प्रदान गर्न र अपाङ्गता भएका व्यक्तिहरुका सहयोगीलाई अदालत प्रवेशमा सहजता प्रदान गर्न निर्देशन दिएको छ । सुविधाका हकदार :…