धारा २४ : शिक्षा लिन पाउने

सबै अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा (पढ्न, लेख्न, तालिम लिन) पाउने अधिकार हुनेछ र यो कुरा देशहरूले सुनिश्चित गर्नेछन् । अरू व्यक्तिसरह सबै अपाङ्गता भएका व्यक्तिहरूले समानरूपमा शिक्षा लिन पाउने अधिकार सुनिश्चित गर्न देशहरूले तल उल्लेखित कामहरू गर्नुपर्छः देशहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई अरूसरह मुलधारका विद्यालय, कलेज वा शैक्षिक संस्थामा गएर पढ्न पाउने अवसर सुनिश्चित गर्नुपर्छ ।…

धारा २३ : घरबार र परिवार हुने कुराको सम्मान

अन्य व्यक्तिसरह सबै अपाङ्गता भएका व्यक्तिहरूलाई विवाह गर्ने वा नगर्ने, परिवार बसाउने, नाता सम्बन्ध कायम गर्ने, बाबु वा आमा हुने समान अधिकार छ । देशहरूले अपाङ्गता भएका व्यक्तिहरूमाथि यस्ता अधिकारहरू उपयोग गर्न रोक लगाइएको छ वा भेदभाव गरिएको छ भने त्यसलाई कानुन बनाएर रोक्नुपर्छ ।   देशहरूले अरू थप निम्न कुराहरू पनि सुनिश्चित गर्नुपर्छः अपाङ्गता…

धारा २२ : गोपनीयताको सम्मान

अरू व्यक्तिहरूलाई जस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई नितान्त निजी जीवन जिउने अधिकार हुनेछ र त्यसमा कसैले हस्तक्षेप गर्न पाउने छैन, जस्तैः घर परिवार, चिठीपत्र, निजी तथा व्यक्तिगत कुराहरू आदि । देशहरूले अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुनःस्थापना बारेका व्यक्तिगत सूचनाहरू गोप्य रहने कुरा सुनिश्चित गर्नुपर्छ वा अन्य व्यक्तिहरूको जस्तै सुरक्षित/गोप्य राख्नुपर्छ ।

धारा २१ : आफ्ना विचारहरू राख्न पाउने, आफूले चाहको कुरा भन्न पाउने र सूचना पाउने

भन्न मन लागेका कुरा भन्न पाउने अधिकार सुनिश्चित गर्नेछन् । अपाङ्गता भएका व्यक्तिहरूले आफूले रोजेको तरिका र माध्यमबाट सूचना लिन-दिन वा सञ्चार गर्न पाउँछन् र यो कुरा देशहरूले सुनिश्चित गर्नुपर्छ । यसबाहेक देशहरूले तल लेखिएका थप कामहरू पनि गर्नुपर्छः अपाङ्गता भएका व्यक्तिहरूलाई सञ्चार गर्न वा सूचना लिन वा दिन उपयुक्त हुने ढाँचामा सूचना उपलब्ध हुनुपर्छ…

धारा २० : हिँडडुल गर्न पाउने

देशहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई अन्यसरह स्वतन्त्र र स्वनिर्भर भएर हिँडडुल गर्न मिल्ने वातावरण बनाउन सक्दो प्रयास गर्नेछन् । यसका लागि निम्न लिखित कुरा समेत गर्नेछन्ः हिँडडुलका लागि स्वनिर्भर हुन आवश्यक पर्ने सबै सहयोगहरू दिने । यस्ता सहयोग र सेवाहरू उनीहरूले चाहे जस्तो तरिकाका वा उनीहरूको आवश्यकता अनुसार हुनुपर्छ । यसका लागि सहयोगी सामग्री वा हिँडडुलका…

धारा १९ : स्वनिर्भर वा आफ्नो निर्णयमा जीवन बाँच्न पाउने र समुदायमा बस्न पाउने

देशहरूले अपाङ्गता भएका व्यक्तिहरूको अन्य व्यक्तिसरह आफ्नो निर्णय र छनौटमा आफ्नै समुदायमै जीवन बाँच्न पाउने अधिकार छ भन्ने कुरा स्वीकार गर्छन् र तल उल्लेख गरिएका कुराहरू समेत सुनिश्चित गर्नेछन्ः अन्यसरह अपाङ्गता भएका व्यक्तिले कहाँ र कसको साथमा बस्ने भन्ने बरेमा स्वतन्त्र निर्णय गर्न पाउँछन् । उनीहरूलाई कुन खास तोकिएको ठाउँमा बस्न बाध्य पार्न पाइँदैन, जस्तैः…

धारा १८ : एक ठाउँबाट अर्को ठाउँमा जाने, घुमफिर गर्न पाउने र राष्ट्रियता परिवर्तन गर्न पाउने

अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्तिसरह आफ्नै देशभित्र वा बाहिर एक ठाउँबाट अर्को ठाउँमा घुमफिर गर्ने वा आवत जावत गर्न पाउने पूरा अधिकार हुनेछ । उनीहरूलाई अन्य व्यक्तिसरह राष्ट्रियता रोज्ने अधिकार हुनेछ । यस बाहेक अरू निम्न अधिकारहरू पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि देशहरूले सुनिश्चित गर्नुपर्छः कहाँ बस्ने, कहाँ सर्ने भन्ने विषयमा अरूसरह निर्णय लिन पाउने,…

धारा १७ : अपाङ्गता भएका व्यक्तिहरूलाई प्रथमतः मानिस हुन् र उनीहरू अरूसरह पूर्ण छन् भनेर व्यवहार गरिने

अपाङ्गता भएका व्यक्तिहरूको बौद्धिक अवस्था र शरीर उनीहरूको आफ्नै हो, उनीहरू जे जस्तो अवस्थामा छन्, त्यसैमा उनीहरू एक पूर्ण व्यक्ति हुन् र उनीहरूको अन्य व्यक्तिहरूसरह सम्मान हुनै पर्छ । उनीहरूको शारीरिक वा मानसिक अवस्थालाई खण्डित गरेर व्यवहार गर्न पाइँदैन ।

धारा १६ : नराम्रो व्यवहार, हिंसा, अनुचित प्रयोग र शोषण हुनेछैन

देशहरूले अपाङ्गता भएका व्यक्तिलाई घरभित्र र बाहिर दुवै ठाउँमा हिंसा र शोषणमा पर्न वा अनुचित प्रयोगको शिकार हुनबाट जोगाउन आवश्यक नियम र कानुनहरू निर्माण गरी लागू गर्नै पर्छ । यसो गर्दा महिला वा पुरूष भएकै कारणबाट हुने हिंसाका कुरालाई समेत ध्यान दिनुपर्छ । त्यो कामका लागि आवश्यक व्यवस्था मिलाउने, कानुन बनाउने, कर्मचारीलगायत सबैलाई शिक्षा तथा…

धारा १५ : अमानवीय यातना दिन र अमानवीय व्यवहार गर्न नपाइने

अपाङ्गता भएका व्यक्तिलाई यातना दिन वा कुनै पनि प्रकारको अमानवीय व्यवहार गर्न वा अपमान गर्न पाइँदैन । अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्र सहमति नभएसम्म जवरजस्ती उनीहरूमाथि कुनै पनि प्रकारको वैज्ञानिक प्रयोगहरू, जस्तैः औषधिमूलोको अनुसन्धान आदि गर्न पाइँदैन । औषधि उपचारका नाममा उनीहरूलाई कुनै पनि प्रकारको प्रयोग जबरजस्ती भोग्न बाध्य गराउन पाइँदैन । अरू व्यक्तिहरूसरह नै अपाङ्गता…