Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

हार खाईन, जित्नको लागि संर्घषरत छु

October 22, 2019

मलाई लाग्थ्यो अब म बर्वाद भएँ, अब म जीवनमा केही गर्न सक्दिन होला, समाज पनि कति निष्ठूरी रहेछ, हामी जस्तो व्यक्तिलाई मान्छे नै नगन्ने । दोश्रो दर्जाको नागरिकको जस्तो व्यवहार गरेको देख्दा मलाई निकै चित्त दुख्थ्यो । २४ वर्षीय हिमा वस्नेतले विगतलाई यसरी सम्झिन्छिन् । सुर्खेत जिल्लाको मैनतडा गाविस वडा नं ३ की हिमा शारीरिक रुपमा  अपाङ्गता भएकी महिला हुन् ।

 

अपाङ्गता भएकी महिला किनारा पसलमा काम गर्दै गरेको अवस्था

२/३ वर्षको हुदा उनलाई निकै ज्वरो आएको थियो अरे । जति औषधी खाए पनि तत्काल ज्वरो निकोभएन । पछि एक्कासी उनको एउटा खुट्टा लुलो र छोटो भएछ । धेरै पछि मात्र पोलियो रोग लागेको कुरा उनले थाहा पाईन् ।  उनलाई कहिले निको नहुने रोग लागेको रहेछ । जब उनी बुझ्ने भईन् उनलाई आफ्नोवारेमा धेरै चिन्ता लागेछ तर पनि कुनै उपाय उनीसँग थिएन ।

उनी भन्छिन्, सुरुका दिनहरुमा मलाई निकै पिडा र छटपटी भयो । अरु साथी सरह हिड्डुल गर्न नसक्दा भित्रभित्रै पिडा हुन्थ्यो । घरपरिवार तथा समाजबाट बेला बेला अपहेलित हुदाका घटना अझै पनि ताजा छन् उनका मनमा । विस्तारै बाल्य अवस्था पार गर्दै किशोरावस्थामा, युवा अवस्थामा आईपुग्दासम्म शारीरिक तथा मानसिक कष्ट भोग्नु परेको थियो उनले। घरको आर्थिक अवस्था पनि कमजोर थियो । तर पनि मैले हार खाईन । पढाईलाई निरन्तरता दिदै गएँ । अन्ततः मैले कक्षा १२ सम्म पढ्न सकें ।

इ.सं. २०१३ सालमा राष्ट्रिय अपांग महासंघ नेपाल, जिल्ला च्याप्टर सुर्खेतले हाम्रो गाविसमा काम गर्न शुरु गरेको थियो । जहाँ महासंघले अपाङ्गता भएको व्यक्तिको अधिकारको लागि स्वावलम्वन समुह गठन गर्ने कुरा थाहा पाएँ । त्यसपछि म अपाङ्गता भएका व्यक्तिहरुको समुहमा आवद्ध भएँ । जुन समुहमा बसेपछि मेरो मनोबल बढ्दै गयो । मेरो सक्रियताको कारणले गर्दा २०७० साल मंसिर महिनामा त्यस समुहको सचिब भएँ । यस सचिव पदले मेरो क्षमता वृद्धिमा ठूलै टेवा पुग्यो । मैले अपाङ्गता भएका व्यक्तिको अधिकार राम्रोसँग बुझें । अधिकार सुनिश्चित गर्नका लागि स्थानीय स्तरमा अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकारका वारेमा वकालत गर्न थालें । साथै अपाङ्गता भएको व्यक्ति पनि यस समाजको सदस्य हो भन्ने कुराको चेतना दिन सकें । यसका साथै सबै अपाङ्गता भएको व्यक्तिहरुको लागि संगठन विस्तार गर्न सकें ।

उनी थप्छिन्, स्वावलम्वन समुहको सदस्य भए पश्चात पढाई मात्र हैन अब पढाईसँगै केही काम गर्नु पर्छ भन्ने मलाई  सोच पलायो । मैले निर्धन बैक बाट १५ हजार ऋण निकाली २०७१ सालमा सानो खुद्रा पसल गर्न थालें  । यसले के गर्ली भन्दै गाउँलेहरुले  कुरा काट्न थाले । तर अरुले के भन्छन् तिनीहरुको पछि लागिन । मैले हिम्मत नहारी अफ्नो व्यवसाय बढाउन  तर्फ लागें । सानो पसलको अम्दानीले आफ्नो र बहिनीको पढाई तथा घरको ७ जनाको परिवारलाई सजिलैसँग पाल्न सकेको छु । मेरो व्यवसायले मलाई सबैसँग परिचित गराउदै गयो ।

समाज पनि विस्तारै परिवर्तन हुदैछ । मैले भोगेको जस्तो समस्याहरु अरुले भोग्नु परेको छैन । अपाङ्गता भए पनि अन्य सरह नै सम्मानजनक जीवनयापन गर्न सकेको देख्दा आफैमा दंग छु । यस्तो देख्दा आफैंमा खुसी लाग्छ ।

अझै अपाङ्गता भएका व्यक्तिहरुको समस्याको समाधानको लागि गाउँमा के गर्न सकिन्छ ? कसरी सबै अपाङ्गता भएको व्यक्तिको अधिकार सुनिश्चित गर्न सकिन्छ । यसमा निरन्तर लागेको छु । जस्तै परिस्थितमा पनि मैले हार खाईन, जित्नको लागि संर्घषरत छु । आज आफ्नो खुट्टामा उभिन पाउदा आफूलाई अपाङ्गता भएको एकरत्ती पनि महशुस  छैन । आज यस ठाउँमा म मात्रै होइन म जस्ता सबै प्रकारका अपाङ्गता भएका व्यक्ति सम्मानजनक रुपमा हिड्न सकिरहेका छन् । अधिकार बुझ्ने र अधिकार प्राप्तीको लागि संगठित हुने तथा वकालत गर्ने हो भने सबै ठाउँका अपाङ्गता भएका व्यक्तिले अधिकार पाउन सक्ने थिए । त्यसका लागि म मेरो जीवनभर समर्पित रहनेछु ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search