Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

बलरामको बल

October 22, 2019

म भारतको दिल्लीमा एउटा कम्पनीमा काम गर्दै थिएँ । काम गर्ने क्रममा २०६२ सालमा मेरो दाँया हातको हत्केलाको भाग मेशिनमा परी काट्यो । जसको पिडाले म असाध्यै छट्पटिएँ । यसपछि मलाई हिनताबोध भयो । अर्काको देशमा बस्नुभन्दा आफ्नै ठाउँमा गई केही काम गरौं भन्ने लाग्यो । त्यही भएर म घर फर्कें ।  मलाई भेट्न र मेरो हालचाल सोध्न गाउँका साथीहरु मेरो घर आउँथे । तर मलाई भने उनीहरुसँग भेट गर्न मन लाग्दैनथ्यो । मलाई मेरो जीवन नै वर्वाद भयो, अब म केही गर्न सक्दिन भन्ने लाग्दथ्यो । मेरो हात काटिएपछि मलाई संसार नै अन्धकार भए जस्तो लाग्थ्यो ।  जीवन कसरी चलाउने ? के गर्ने होला ? मेरो चिन्ताको कुनै सिमाना नै थिएन ।

A man with physical disability who is busy in his shop

 

यो चिन्ता अरु कसैको नभई बलराम खरेलको थियो । उनी  ४४ वर्ष अगाडि कपिलबस्तुको वाणगँगामा ठाउँमा जन्मेकाथिए । उनले नेपालमै हुदा एस एल सी सम्मको अध्ययन गरेका थिए । उनी ४ जनाको आफ्नो परिवारको भविष्यलाई उज्जवल बनाउने चाहनामा मुग्लान छिरे । तर त्यहि चाहनाले उनको हात नै गुम्यो । यो दिनको पिडा उनले चाहेर पनि विर्सन सक्दैनन्  । आफ्नो देश नछोडेको भए त्यस्तो हुदैनथ्यो की । उनि पछुताउँछन् ।

समय वित्दै गयो । केही गर्न सकिएको थिईन । यसै बीच वि.सं. २०६६ सालमा हाम्रो गाविसमा  अपाङ्गता भएका व्यक्तिहरुको समुह बनाउने कुरा छलफल भएछ । राष्ट्रिय अपाङ्ग महासंघ जिल्ला च्याप्टरका केही अपाङ्गता भएका साथीहरु मलाई भेट्न आउनु भयो । सुरुमा म समुहमा जान मानिन । साथीहरुले धेरै सम्झाउनु भयो । अप्ठ्यारो मानी मानी हुन्छ भनिदिएँ । त्यसपछि म अपाङ्गता भएका व्यक्तिहरुको भेलामा निरन्तर रुपमा उपस्थित हुन थालें । उनले भने ।

त्यो भेलामा अपाङ्गता भएका व्यक्तिहरुका अधिकार  तथा अपाङ्गता भएका व्यक्तिहरुले भोग्नु परेका समस्याहरुका वारेमा छलफल भयो ।  मलाई पनि समुहको सदस्य बन्न आग्रह गरियो । मैले पनि स्वीकारें । शुरुमा म एक्लै हो की जस्तो लाग्थ्यो । पछि थाहा भयो   हामीहरु धेरै रहेछौं जसले उस्तै खालका समस्याहरु भोगिरहेका थियौं । अब हामी सबै मिल्नु पर्छ भन्ने लाग्यो । यसले मलाई केही गर्नुपर्छ भन्ने बल प्राप्त भयो ।

परियोजना दोश्रो चरणमा प्रवेश गरिसकेको थियो । अब त केही गर्नैपर्छ भन्ने छलफल चलिरहेको थियो । यसै समयमा महासंघको जिल्ला च्याप्टरले प्रस्ताव पत्र तयार गरिदियो । त्यसलाई हामीले सबै मिलेर गाविसमा पेश गरियो । शुरुमा गाविसले हाम्रो प्रस्तावलाई वास्ता नै गरेन । तर मैले निरन्तर बल गरें । अन्ततः गाविसले केही रकम अपाङ्गता भएका व्यक्तिहरुका लागि विनियोजन गर्यो । शुरुमा २५ हजार १ सय बजेट विनियोजन गरिएको थियो । त्यो रकमबाट अपाङ्गता सम्वन्धी  जनचेतनामुलक कामगर्ने मौका मिल्यो । क्रमशः हामीहरु समुहमा बैठक गर्ने, छलफल गर्ने र जिल्ला च्याप्टरसँग समन्वय गर्न थालियो ।

यसका साथै समुहलाई अझ बलियो बनाउन हामीले मासिक १ सय रुपैया समुहमा बचत गर्न थाल्यौं । २०७१ सालमा सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारीको शेयर सदस्य पनि बनें । पछि अपाङ्ग उत्थान समाजले सञ्चालन गरेको साना व्यवसाय तालिममा सहभागी हुने मौका पाएँ ।  त्यो तालिमबाट मैले केही व्यवसाय गर्नु पर्दछ भन्ने प्रेरणा मिल्यो । मैले शुरुमा सहकारीबाट रु १० हजार ऋण लिई किराना पसल सञ्चालन गरें । व्यवसाय राम्रै चल्यो । मासिक ३ हजार जति आम्दानी हुन थाल्यो । विस्तारै व्यवसायलाई बढाउँदै लगें । अहिले मलाई समाजका साथीहरुले राम्रो व्यवहार गर्दछन् । समाजमा हुने सामाजिक गतिविधिमा समेत सहभागी हुने मौकाहरु पाएको छु । अहिले मलाई म अपाङ्गता भएको व्यक्ति हुँ  भन्ने जस्तो लाग्दैन । ममा आत्मबल बढेर आएको छ । ४ जनाको सानो परिवार खुशीका साथ बसेका छौ । निरन्तर रुपको बलले नै  आज म सबैको प्रिय बलराम बन्न सकेको छु । उनीले प्रसन्न मुद्रामा सबैकुरा खोलेर भने ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search