Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

शिक्षाको ज्योति बाल्दैः विष्णुप्रसाद

October 22, 2019

विगतका दिन सम्झदै विष्णु भन्छन् । पढ्न त पढियो तर जागिर कहाँ खाने ? जागिर कसले दिन्छ ? निकै चिन्तामा थिएँ । जागिरका लागि धेरै भौतारिएँ । धेरै आश्वासन पाएँ । तर कसैले पनि जागिर दिएनन् । जिन्दगी देखि दिग्दार लागिरहेको थियो ।

 

A man with visual disability is giving interview

३२ वर्षिय विष्णुप्रसाद उपाध्यायले आफ्नो विगतको व्यथा सुनाए । कपिलबस्तु जिल्लाको पटना गाउँमा सामान्य परिवारमा जन्मनु भएको विष्णुप्रसाद उपाध्याय । जसका दुवै आखाँ न्यून दृष्टिविहीन छ । यसको अर्थ राम्रो देख्न नसक्नु हो । आखाँ राम्रो नदेखे पनि स्नातकोत्तर सम्मको अध्ययन गर्नु भएको छ उहाँले । घरमा उहाँ सहित ८ जनाको परिवार छ ।

आखाँ राम्रोसँग देख्न नसक्ने भए पछि मलाई समाजले कुनै कुरामा विश्वास गरेन । हाम्रो अधिकारको कुरामा कसैको ध्यान गएन । हामी जस्ता व्यक्तिको जीवन हुनु भन्दा त नहुनु नै बेस लाग्दथ्यो । सोच्दा पनि दिक्क लागेर आउथ्यो । भौतारिदै हिडिरहेको थिएँ । यसैबेला गाउँमा अपाङ्गता भएको व्यक्तिहरुको समुह गठन भयो । राष्ट्रिय अपाङ्ग महासंघको सक्रियतामा जिल्लामा यस समुह मार्फत अपाङ्गता सम्बन्धी जनचेतना जगाउने कार्यक्रम भयो ।

समुहमा म पनि सदस्य भएँ । सदस्य भएपछि निरन्तर रुपमा बैठकमा भाग लिन जान्थे । अपाङ्गता भएको व्यक्तिको राज्यले दिने सेवा सुविधाका वारेमा जानकारी हुन्थ्यो । आफ्ना अधिकारका लागि हामी योजना बनाउने तथा वकालतका लागि सम्बन्धित निकायमा जाने गरिन्थो । आफ्ना समस्याहरु समुहमा छलफल हुन्थ्यो । समाधानका उपायहरु खोजिन्थ्यो । उनले भने । समुहका सबै जनाले तिमी त पढेका छौ जागिर खाउ भन्थे । तर भने जस्तो सजिलो थिएन । कसले दिन्थ्यो मलाई सजिलै जागिर ? उनी घन चक्करमा थिए ।

एउटा नजिकैको विद्यालयमा शिक्षक आवश्यकता भएको जानकारी आयो । मलाई पनि कताकता भाग्यले साथ दिन लागेको हो की जस्तो लाग्यो  । जुन कुरा मैले, तत्कालै महासंघका जिल्ला अध्यक्षलाई जानकारी गराएँ । अध्यक्षबाट पहल गरिदिने आश्वासन पाएँ । जसको कारण म धेरै खुसी भए । त्यहाँबाट पनि राम्रै पहल भएछ । अन्ततः सफल भइयो । शुरुमा म अस्थायी शिक्षकको रुपमा निम्न माध्यमिक तहमा काम शुरु गरें । केही समयपछि शिक्षक सेवा आयोगबाट स्थायी सिफारिस भई महासंघकै पहलमा घर पायक विद्यालयमा अध्यापन सुरु गरें ।

यदि महासंघले पहल नगरिदिएको भए मेरो नोकरी घर पायक हुने थिएन । मलाई वाहिर गएर काम गर्न निकै समस्या हुन्थ्यो । मलाई आत्मनिर्भर भई स्वावलम्वी जीवन जिउनको लागि सहयोग गरिदिने महासंघको जिल्ला च्याप्टर मेरो भगवान सरह नै बनिदियो । अहिले मैले मासिक रुपमा १८ हजार ७ सय ३० रुपैया तलब थाप्छु । यसले मेरो परिवारको जीविका चलाउन मनग्य पुगेको छ ।

उनी थप्छन् , यसले मेरो जीवनमा ठूलै परिवर्तन भएको छ । त्यति मात्र होइन अहिले म नव गठित बाणगंगा नगरपालिकाको नगर स्तरीय अपाङ्गता समन्वय समितिको अध्यक्षको जिम्मेवारी पनि वहन गरिरहेको छु । कामबाट बाँकी रहेको समय अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका पक्षमा वकालत गर्दै हिड्ने गरिरहेको छु । उनी भन्छन्, सबै गाविसहरुमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वावलम्वन समुहहरु गठन गरी अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धि गर्ने काम गरिदिए समग्र अपाङ्गता भएको व्यक्तिको जीवन सहज हुने थियो ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search