Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रादेशिक कार्यालय
    • जिल्ला समिति
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • समाचार
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
    • हामीसँग काम गर्नुहोस्
  • सम्पर्क
  • COVID 19Expand
    • General Guidelines
    • Rapid Assessment
    • Response

Language switcher

logo of nfdn

सभामुखको शुभकामना सन्देश

Home / Articles / सभामुखको शुभकामना सन्देश
October 22, 2019November 26, 2019

शुभकामना


राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको पहलमा अधिवक्ता श्री सुदर्शन सुवेदीद्वारा लेखिएको नेपालको संविधान (२०७२) ले अपाङ्गता भएका व्यक्तिहरूका हकमा गरेका व्यवस्था (व्याख्यात्मक टिप्पणी सहित) को पुस्तक प्रकाशन गर्न लागेको थाहा पाउँदा ज्यादै खुशी लागेको छ । अपाङ्गता भएका व्यक्ति हाम्रो समाजमा सबैभन्दा पछाडि परेका समुदायभित्र गर्न आउँदछन् । राष्ट्रिय जनगणना २०६८ अनुसार कूल जनसङ्ख्याको १.९४ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् र अझै पनि बहुसङ्ख्यक अपाङ्गता भएका व्यक्तिहरू शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाका अधिकार प्राप्ति गर्नबाट वञ्‍चित रहेको यथार्थ हामीसामु रहेको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार संरक्षण र संवर्द्धन गर्नका लागि विगतको संविधानसभा र व्यवस्थापिका-संसदले अहम् भूमिका निर्वाह गर्दै आएको छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि, २००६ लाई पारित गर्न पनि विगतमा व्यवस्थापिका-संसदले ठूलो भूमिका खेलेको थियो ।

गणतान्त्रिक नेपालको संविधानले नेपालको इतिहासमा पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई बढीभन्दा बढी समावेश गरेको छ । यो संविधानको प्रमुख विशेषतामध्ये अपाङ्गता भएका नागरिकको अधिकारलाई सुनिश्‍चितता गर्नु पनि हो ।

यसै सन्दर्भमा नेपालको संविधानमा अपाङ्गता भएका नागरिकका हक हितसम्बन्धी के कस्ता व्यवस्थाहरू छन् भनी संविधानमा भएका व्यवस्थाहरू सबै तह र तप्काका सरोकारवालाहरू र आम जनसमुदायलाई सुसूचित गर्ने गरी प्रकाशन गर्न लागिएको नेपालको संविधान (२०७२) ले अपाङ्गता भएका व्यक्तिहरूका हकमा गरेका व्यवस्था (व्याख्यात्मक टिप्पणीसहित) को पुस्तकका लेखक तथा प्रकाशकलाई धन्यवाद प्रदान गर्दै सफतलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

ओन्सारी घर्तीसभामुख

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-4231159
Fax : +977-1-4229522
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookTwitter TwitterInstagram Instagram

© 2023 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रादेशिक कार्यालय
    • जिल्ला समिति
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • समाचार
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
    • हामीसँग काम गर्नुहोस्
  • सम्पर्क
Search