Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

प्रकाशकीय

October 20, 2019October 22, 2019

असल अभ्यास (Good Practice) स्थापित गर्नु सहज काम होइन । यसको लागि धेरै चुनौतिको सामना गर्नुपर्छ र मेहेनत र संघर्षको पनि त्यतिकै जरूरी हुन्छ । असल अभ्यास सबैतिर एकैपटक स्थापित हुने कुरा पनि होइन । यसलाई एकठाउँमा स्थापित गरेर विस्तारै अन्यत्र पुन प्रयोग गर्दै लैजानुपर्छ । तपाँइ हामीले गरेका राम्रा कामहरूबाट अरू पनि लाभान्वित हुने अवसर मिलोस भनेर यस्ता अभ्यासहरूलाई समुदायमा विभिन्न माध्यमहरूबाट पुर्‍याउनु सबैको कर्तव्य पनि हो र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल यस्ता कर्तव्यहरू प्रति सचेत छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले डी.पी.ओ.डी. डेनमार्क सँग साझेदारी गरी विगत १७ वर्षदेखी अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनको लागि विभिन्न कामहरू गरिरहेको छ । यसै क्रममा सन २०१३ देखी डि.पी.ओ.डी.को सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूलाई समुदाय स्तरमा हुने जीवनका विभिन्न गतिविधि र निर्णय प्रकृयामा समावेशीकरण गराउन १० जिल्लामा एक परियोजना सुरू भयो । साढे तीन वर्षसम्म चलेको उक्त परियोजनाले स्थानीय स्तरमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा परिवर्तन ल्याउन, अपाङ्गता अधिकारको सवालमा जनचेतना अभिवृद्धि गर्न, स्थानीय स्रोत परिचालनमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच स्थापित गर्न र जिल्ला स्तरमा गरिने पैरवी तथा जनवकालतमा अपाङ्गता भएका व्यक्तिका संस्थाको क्षमता विकास गर्न राम्रो योगदान गर्न सफल भयो । यस परियोजनाले कार्यक्रम सञ्चालन भएका विभिन्न जिल्लाहरूमा केहि असल अभ्यासहरूलाई समेत स्थापित गर्न सफल भएको छ र तिनै अभ्यासहरूलाई आम अपाङ्गता भएका व्यक्ति, समुदाय र अरू जिल्लामा रहेका सदस्य संस्थाहरूले केहि सिक्ने र जान्ने अवसर पाउन भनेर यो पुस्तक प्रकाशन गर्ने जमर्को गरिएको हो । हामीले गरेका काम र उपलब्धीहरूलाई जनसमक्ष ल्याउन पनि यस प्रकाशनको अर्को उद्देश्य हो ।

जिल्लामा अपाङ्गता अधिकार प्रवर्द्धनमा असल अभ्यास (good practices) स्थापना गर्नको लागि मेहेनतका साथ खट्नु हुने महासंघका १० वटै जिल्ला कार्यसमिति र कर्मचारीहरू, गाउँमा कृयाशील स्वावलम्बी समुह र जिल्लाका सबै सरोकारवाला निकायलाई महासंघको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्छु र भविश्यमा पनि यस्तै सहयोगको अपेक्षा गर्छु । साथै परियोजनामा संलग्न केन्द्रीय कार्यालयका कर्मचारी, कार्यसमितिका पदाधिकारी तथा सदस्य र साझेदार निकाय लगायत सम्बन्धित सबैमा विशेष धन्यवाद दिन्छु । हामीलाई विश्वास छ यो सामग्री तपाँइहरुको कार्यक्षेत्रमा थोरै भएपनि उपयोगी हुनेछ । हामी यहाँहरूको रचनात्मक सल्लाह र सुझावको सँधै अपेक्षा गरिरहनेछौँ ।

धन्यवाद

सुदर्शन सुवेदी

केन्द्रीय अध्यक्ष
राष्ट्रिय अपाङ्ग महासँघ नेपाल

(यो लेख महासँघको असल अभ्यास पुस्तकमा छापिएका लेखहरू मध्य एउटा हो। यस प्रकाशनका अन्य लेखहरू पढ्न यहाँ जानुहोस्।)

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search