Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

अब हाम्रो पनि गणना हुनुपर्छ

December 10, 2019

संसारमै अपाङ्गता अधिकारको अभियान धेरै पुरानो भएको छैन । संयुक्त राष्ट्र सङ्घले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार पनि मानव अधिकार हो भन्ने महशुस गरेर अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको पनि २७ वर्षमात्रै पुग्दैछ । अझ अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सीआरपीडी) त २००६ मा मात्रै विकास भएको हो । त्यसकारणले नै अपाङ्गताका क्षेत्रमा संसारभरि नै हुनुपर्ने जति विकास नहुनु स्वाभाविक हो । तर पनि, धेरै राष्ट्रले अपाङ्गताका सवाललाई पहिलो प्राथमिकतामा राखेर विकासका कार्यक्रम सञ्चालन गर्दै आएका छन्, जसले गर्दा हालैका वर्षहरूमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर निकै उकासिँदै आएको छ । पश्चिमा मुलुकमा मात्र होइन, हाम्रै छिमेकी मुलुक भारत र श्रीलङ्कामा समेत अपाङ्गताको विषय सरकारको प्राथमिकतामा रहेको छ । यो क्रमलाई हेर्दा हामी चाहिँ अलि पछाडि परेका हौँ कि भन्ने भान हुनजान्छ ।

हाम्रो देशमा पनि अपाङ्गता अधिकार प्रवर्द्धन गर्ने नियम, कानुन यथेष्ठ छन् । नेपालको संविधान, २०७२ देखि हालैमात्र संसद्‌बाट पारित भएको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार ऐेन सबैमा अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक, आर्थिक तथा राजनीतिक सहभागिताका लागि विभिन्न व्यवस्था छन् । यी सबै प्रावधानहरूको कार्यान्वयनमा हाम्रो स्थिति भने फितलो छ ।

व्यवस्था गरिएक एेन-कानुनका प्रावधान कार्यान्वयन नहुनुका धेरै कारण छन् । सबैभन्दा प्रमुख कारणमा अपाङ्गता भएका व्यक्तिहरूको यथार्थ र खण्डीकृत तथ्याङ्कको अभाव पनि हो । अन्य मुलुकका तथ्याङ्कका आधारमा हाम्रो देशमा पनि अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत होला भन्ने सजिलो अनुमान लगाउन सकिन्छ । नेपालको आधिकारिक तथ्याङ्कमा भने सङ्ख्या २ प्रतिशतभन्दा थोरै देखिएको छ । यसरी राज्यका दृष्टिकोणबाट हेर्दा अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या अति नै न्यून रहेको छ, जसले गर्दा उसले बनाउने कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई कहिल्यै पनि प्राथमिकतामा राखिँदैन ।
अब अपाङ्गता आन्दोलनको प्रमुख मुद्दा/विषय वा एजेन्डा भनेको विश्वसनीय तथ्याङ्क उत्पादनको हुनुपर्छ । अब २ वर्ष पछाडि हुने राष्ट्रिय जनगणना, २०७८ मा अपाङ्गता भएका व्यक्तिहरूको यथार्थ र खण्डीकृत तथ्याङ्क प्राप्त गर्नका लागि राज्यका सम्बन्धित निकाय र यस क्षेत्रमा कार्यरत सङ्घ-संस्थाको ध्यानाकर्षण हुनु जरूरी छ । अबको जनगणनामा हामीले छुट्न नपोरोस् भनेर राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले अहिलेदेखि नै केन्द्रीय तथ्याङ्क विभागसँग नजिकमा रहेर सहकार्य गरिरहेको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको राष्ट्रिय नारा नै ‌‌’मलाई गणना गर, समावेश गर’ रहेको थियो । जबसम्म अपाङ्गता भएका व्यक्तिहरूलाई गणना गरिँदैन, हाम्रो अस्तित्व स्वीकारिँदैन, तबसम्म समावेशी समाजको निर्माण सम्भव छैन । त्यसकारण, अब हामी पनि यस समाजका हिस्सा हौँ भनेर सबैलाई सुनाउने बेला आएको छ- अब हाम्रो पनि गणना हुनैपर्छ ।

(यो लेख रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५ मा प्रकासित भएको हो । यस अंकका अन्य लेखहरू हेर्न यहाँ थिच्नुहोस्।)

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search