विश्व सामाजिक मञ्च (World Social Forum 2024 Nepal) मा सहभागिताका लागि अपिल
वर्तमान विश्व व्यवस्थाको विकल्पबारे बहस र पैरवी गर्ने ‘विश्व सामाजिक मञ्च (World Social Forum 2024 Nepal)’ को १६औं संस्करण यही फागुन ३ देखि ७ गते सम्म काठमाडौंमा हुँदैछ । वैकल्पिक विश्वबारे बहस हुने मञ्च सम्बद्ध कार्यक्रमका रूपमा फागुन २ गते संसदीय मञ्च र फागुन ५ गते अन्तरमहादेशीय युवा सम्मेलन पनि आयोजना हुन गईरहेको छ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारा बोकेको यस मञ्चले विभिन्न सामाजिक आन्दोलन, सामुदायिक अभियान, ट्रेड युनियन, किसान संगठन, युवा संगठन, प्राज्ञ, बुद्धिजीवी र अन्य सीमान्तीकृत समुदायलाई समेटेको छ । वर्तमान विश्व व्यवस्थाले अंगीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस गर्दै वैकल्पिक सोच र विचार निर्माण गर्न विश्व सामाजिक मञ्च शुरू भएको हो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र ह्यान्डिक्याप ईन्टरनेशनल नेपालको सह-आयोजनामा नेपालमा हुने १६औं संस्करणको उद्घाटन समारोह फागुन ३ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । आर्थिक असमानता, श्रम आप्रवासन, विभिन्न किसिमका भेदभाव, लैंगिकता, अपाङ्गता, कृषि, शान्ति, लोकतन्त्र लगायत १३ वटा मुख्य विषयमा केन्द्रित हुने सामाजिक मञ्चको १६औं सत्रमा करीब २५० वटा कार्यक्रम हुनेछन् । कार्यक्रमहरु भौतिक र भर्चुअल गरी दुवै तरिकाले सञ्चालन गरिनेछ । यी कार्यक्रमहरुमा सहभागी हुनका लागी तल उल्लेखित लिङ्कबाट व्यक्तिगत नाम दर्ता गर्नुपर्नेछ ।
लिङ्क https://www.wsf2024nepal.org/register
थप जानकारीका लागि https://www.wsf2024nepal.org यो वेभसाइटमा जानुहोला ।
सो मञ्चमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सञ्चालन गर्न गइरहेको अपाङ्गता समावेशी सामाजिक विकास (Disability inclusive social development) विषयमा १८ फेब्रुअरी २०२४ अर्थात् २०८० फाल्गुण ६ गते दिनको २ बजे देखि ५ बजे सम्म हुनेछ । विश्व सामाजिक मञ्च (World Social Forum 2024 Nepal) को वेभसाइटमा Activity बाट राष्ट्रिय अपाङ्ग महासंघको कार्यक्रममा सहभागिता रजिष्टर गर्न सक्नुहुनेछ ।
वा यो लिंक https://www.wsf2024nepal.org/organization/activity/325 प्रयोग गर्नुहुनेछ ।