रुपान्तरण पत्रिकाको लागि सामग्री उपलब्ध गराइदिने बारे
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको साझेदारीमा चौमासिक रुपमा प्रकाशन भइरहेको रुपान्तरण पत्रिका मार्फत अपाङ्गता सम्बन्धी सूचना तथा जानकारीका साथमा अपाङ्गता सम्बन्धी विविध विषयहरु समावेश गरी प्रकाशन गर्दै आईरहेको विषय यहाँहरुमा सर्वविदितै छ । आगामी अंक प्रकाशनका लागि अपाङ्गताको क्षेत्रमा भएका गतिविधिहरु, नेपाल सरकारले यस क्षेत्रमा गरेका वा गर्ने योजना बनाएका कार्यक्रमहरु, लेख, रचना का साथ साथै अन्य सम्बन्धित जानकारीमुलक सामग्रीहरु महासंघको इमेल ठेगानामा resource@nfdn.org.np उपलब्ध गराई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद ।