निर्देशन सम्बन्धमा
फोन नं ०२१-४७००४०
०२१-४७००८३
फ्याक्स नं ०२१-४७००८६
प्रदेश सरकार
सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय
प्रदेश नं १
विराटनगर, नेपाल
प. सं. :- २०७९\८०
च. नं. :- ६०५
मिति:- २०७९/१०/०५
विषय :- निर्देशन सम्बन्धमा
श्री शहरी विकास तथा भवन कार्यालय
प्रदेश नं. १, सबै ।
प्रस्तुत बिषयमा, त्यहाँ कार्यालयबाट निर्माण हुने जुनसुकै पूर्वाधार संरचनाहरु सबै खाले नागरिकको पहुच पुग्ने गरि निर्माण गर्न “भवन निर्माण तथा आचारसंहिता, २०६२ र भौतिक संरचना तथा सन्चार सेवा निर्देशिका, २०६९” को मापदण्ड अनुरुप अपाङ्गता मैत्री हुने गरि आवश्यक सुधार गर्ने र नयाँ निर्माण हुने संरचनाहरुमा अपाङ्गता मैत्री हुने गरि DPR निर्माण, योजना तर्जुमा, योजना कार्यान्वयन तथा प्रगति प्रतिवेदनमा समेत समावेश हुने गरि पूर्वाधारका कार्यहरु गर्ने श्रीमान सचिव ज्यूको निर्देशनानुसार जानकारीको लागि अनुरोध छ।
बोधार्थ:
राष्ट्रिय अपाङ्ग महासंग, प्रदेश नं. १ कार्यालय, बिराटनगर
……………………………..
मिलन आचार्य
महाशाखा प्रमुख
आवास, भवन तथा शहरी विकास
यस पत्रको स्क्यान कपि निम्नानुसार रहेको छः