अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोध पहिचान सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनीकिकरण
२०७९ साल, चैत १६ गते, अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोध पहिचान सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनीकिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सीवीएम ग्लोवलको साझेदारीमा सञ्चालित परियोजना “हामीलाई पनि समावेश गर” अन्तरगत अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोध पहिचान सम्बन्धी अध्ययन १५ जिल्लामा समपन्न गरिएको थियो । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष माननिय तप बहादुर मगर ज्युले यस अध्ययन प्रतिवेदन सार्वजनीकिकरण कार्यक्रममा अध्यक्षता ग्रहण गर्नु भएको थियो । कार्यक्रममा न्यायिक क्षेत्र, अपाङ्गता भएका व्यक्तिहरु द्वारा संचालित संघसंस्थाहरुका प्रतिनिधि, अपाङ्गता अभियन्ता र संचारकर्मी लगायत लगभग १०० जनाको उपस्थिति रहेको थियो ।
यह कार्यक्रमा अपाङ्गता भएका व्यक्तिहरूको न्यायको पहुँचका सवालमा छलफल गरिएको थियो र उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका माननिय सदस्य सूर्य प्रसाद शर्मा ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, आयोगकै कार्यवाहक सचिव मुरारि प्रसाद खरेलको उपस्थिती रहेको थियो। साथै भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशी, ललितपुर नगरपालिका सहायक प्रमुख अमरदिप सुनुवार, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपनिरिक्षेक राजेन्द्र प्रसाद भट्ट, केन्द्रीय कारागार प्रमुख ललित कुमार बस्नेत, उच्च अदालत पाटनका शाखा अधिकृत गिरिराज भण्डारी, ललितपुर महानगरपालिका महिला शाखा अधिकृत शोभा खरेल, भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशी, नेपाल बार एसोसिएसन ललितपुरका अध्यक्ष, जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी लगायत अन्य सरकारी सम्बन्धित सरोकालावाला निकायका प्रमुख एवं प्रतिनिधि सहित अपाङ्गता क्षेत्रमा कार्यरत विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधि, अपाङ्गता अधिकारकर्मी, संघ सस्थाका प्रतिनिधिहरुको, मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका वरिष्ठ कार्यक्रम संयोजक बिमल बस्नेतले कार्यक्रममा सहभागीहरुलाई स्वागत र कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भयो र राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँच सम्बन्धका अवरोध पहिचानमा गरिएका निष्कर्ष र सिफारिसको सारंश समेटेर प्रस्तुतीकरण गर्नुभएको थियो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपनिरिक्षेक राजेन्द्र प्रसाद भट्ट ज्युले पुर्वाधारहरुमा तुरुन्त गर्न सकिने परिवर्नतहरु तुरुन्तै गर्न अनुरोध गर्नु भयो र आफुले पनि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीले अपाङ्गता भएका व्यक्तिहरुको लागि उक्त नगरपालिकाले गरिरहेका कार्यहरु बारे जानकारी गराउनु भयो र अझै नगरपालिकालाई अपाङ्गता मैत्री बनाउने सवालमा थुप्रै कार्यहरु गर्न बाकि रहेको र अपाङ्गताका सवालमा आफु सम्वेधनशिल भएको भएर सक्दो प्रयास गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो ।
यसै गरी राष्ट्रिय अपाङ्ग शाररीक महासंघका अध्यक्ष बाल कृष्ण गैरे ज्युले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र राष्ट्रिय मानव अधिकार आयोगलाई यस अध्धयनको लागि धन्यवाद दिदै अपाङ्गता भएका व्यक्तिहरु द्वारा संचालित संघसंस्थाहरुले अझ अवरोधहरु पत्ता लगाउनु पर्ने र संगै मिलेर ति अवरोधहरुलाई कम गर्नु पर्ने बताउनु भएको छ ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका निवर्तमान उपाध्यक्ष रमा ढकाल ज्युले न्युन प्रतिनिधित्व गर्ने अपाङ्गता भएका व्यक्तिहरुको अवस्था अझै गम्भिर रहेको र न्याय र पहुँच उहाँहरुले सजिलै पाउनु पर्छ जुन यस अध्ययन प्रतिवेदनले स्पष्ट पारेको छ बताउनु भएको छ।
कार्यक्रमलाई समापन गर्नुहुदै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननिय तप बहादुर मगर ज्युले भौतिक संरचनाहरु अपाङ्गता मैत्री हुनुपर्ने कुरामा जोड दिनुभयो र अब बन्ने निर्माणहरु पहुँचयुक्त बनाउने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो । त्यस्तै अध्यक्ष मगरले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसंग भविष्यमा अझ थप सहकार्य गर्ने बताउनु भयो।