व्हिल्चेयर (wheelchair ) प्रयोगकर्ताहरुको लागि रोजगारमूलक तालिमको अवसर
व्हिल्चेयर (wheelchair ) प्रयोगकर्ताहरुको लागि रोजगारमूलक तालिमको अवसर।
Foreign, Commonwealth & Development Office (FCDO) को अपांगता समावेशी विकास (Disability Inclusive Development), अपांगता भएका व्यक्तिहरुको दिर्घकालिन जीवन स्तरमा टेवा पुर्याउने हेतुले निम्न तथा मझौला आय भएका राष्ट्रहरुमा संचालित कार्यक्रम हो। उक्त कार्यक्रम अन्तर्गत नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको लागी कफी मूल्य शृंखलामा उपयुक्त स्थान,अवसर र सम्भावनाहरुको खोजी गर्दै जीविकोपार्जनमा सहयोग पुर्याउने उदेस्यले “अपाङ्गता समावेशी हाम्रो कफी” परियोजना संचालन हुदै आएको छ | यो परियोजनाले नेपाली कफी मूल्य शृंखलालाई अपाङ्गता समावेशी कसरि बनाउन सकिन्छ भनि खोज तथा परिक्षण गर्दै समावेशी शीप मुलक तालिमहरु संचालन, पहुँचयुक्त भौतिक संरचना निर्माण तथा अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा आइपर्ने अवरोधहरुलाइ चिर्ने प्रयास गरेको छ। यसै सिलशिलामा Cordaid को आयोजना, National Coffee Academy संगको सहकार्य र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा शारीरिक अपाङ्गता अन्तर्गत पर्ने अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई काम र आम्दानीको अवसर सिर्जना गर्ने आसयले कफी सम्बन्धि तपशिल बमोजिमको तालिमको अवसर रहेको जानकारी गराउदछौं।
तालिमको नाम : कफी ग्रेडिंग तथा हातले छान्ने शीप
तालिमको अबधि : २ दिन पुरा (दिनको ५/६ घण्टा)
आवस्यक संख्या: ८ जना
तालिम संचालन हुने सम्भावित मिति : २०७९ साल माघ महिनाको पहिलो हप्ता
तालिम संचालन हुने स्थान : नेसनल कफी एकेडेमी , नरेफाट , कोटेश्वोर , काठमाडौँ
तालिमको लागि लक्षित वर्ग : आम्दानीको कुनै श्रोत नभएका अति अशक्त शारीरिक अपाङ्गता भएका व्यक्ति ।
तालिमको प्रकार : सैद्धान्तिक तथा प्रयोगात्मक
कामदार माग र आम्दानिको सम्भावित अवस्था : कफी प्रसोधनको मौसममा अत्यन्तै माग हुने, अन्य समयमा कम माग हुने र हाल सम्मको आम्दानिको अभ्यासका हेर्दा सम्भावित मासिक आम्दानी: १२,००० देखि १५,००० सम्म (व्यक्तिगत कार्य क्षमताका आधारमा ) देखिएको छ |
नोट : यो तालिम लिसकेपछी तालिम प्राप्त व्यक्तिको रोजगार अवसरका लागि कोटेश्वोर, चावहिल , भैसेपाटी, गुर्जुधारा र वनस्थली आसपासका कफी कम्पनीमा बिशेष पैरवीको कार्यक्रम रहेकाले दैनिक आवत जावत सहज हुने गरि उपरोक्त क्षेत्रमा बसोबास गर्ने व्हील्चियर प्रयोगकर्ता हरुलाई आवेदन दिन बिशेष अनुरोध गर्दछौं।
तालिम निशुल्क रहने जानकारी गराउदै, आफ्नो नाम टिपाउन राष्ट्रिय अपांग महासंघका कर्मचारी लाई मिति २०७९/१० /०७ गते भित्र ९८६५१२७५३४ नम्बर मा सम्पर्क गर्न अनुरोध गर्दछौं।
नोट: यो तालिम जम्मा ८ जनालाई मात्र प्रदान गरिने हुदा आवेदकको बसाई स्थान, उमेर (युवा), कुनै रोजगारी नभएका लाई बिशेस प्राथमिकता का आधारमा छनोट गरिनेछ।
तालिममा सहभागी हुनेलाई यातायात र खाजाको व्यवस्था गरिएको छ।
यो जानकारी माथि उल्लेखित स्थान वरपरका बसोबास गर्ने व्हील्चियर प्रयोगकर्ता हरुको माझ पुर्याई सहयोग गर्नु हुन अपाङ्गता अधिकारको लागी कार्यरत सम्बन्धित निकाय तथा व्यक्तिहरुलाइ अनुरोध गर्दछौं।
सहयोगको अपेक्षा सहित धन्यबाद !