राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २० औँ साधारणसभा चितवनको भरतपुरमा सम्पन्न
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले २०७७ साल चैत्र ७ गते चितवनमा अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय भेला तथा संस्थाको २० औँ साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाकै क्रममा देशभरिबाट उपस्थित महासंघका सदस्य संस्थाका प्रतिनिधिहरूको भेलाको अवसर पारी महासंघले अपाङ्गता भएका व्यक्तिका जल्दा बल्ला सवालहरूमा छलफल गरि २० बुँदे चितवन घोषणापत्र समेत जारी गरेको छ । देशभरीबाट महासंघमा आवद्ध ३०० भन्दा बढी सदस्य संस्थाका करिव उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा भरतपूर महानगरपालिकाका मेयर श्री रेणु दहाल हुनुहुन्थ्यो ।
उद्घाटन सत्र
साधारणसभा तथा राष्ट्रिय भेलाको उद्घाटन सत्रको अध्यक्षता राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा संघीय अध्यक्ष श्री मित्रलाल शर्माले गर्नुभएको थियो भने भेलाको प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर श्री रेणु दाहाल हुनुहुन्थ्यो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी भरतपुर महानगरपालिकाका मेयर श्री रेणु दाहालले भरतपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा विगत लामो समयदेखी विविध कार्यक्रमहरु गर्दै आएको बताउँदै चितवन जिल्लामा नै अपाङ्गता भएका व्यक्तिहरुको पुनर्स्थापना केन्द्रको सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै उहाँले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र आयआर्जनका लागी यसै आर्थिक बर्ष र आगामी आर्थिक बर्षमा पनि कार्यक्रम सञ्चालन गर्न बजेटको विनियोजन गर्न तयार रहेको बताउनुभयो ।
सम्मेलननको उद्घाटन सत्रको विशिष्ट अतिथी राष्ट्रिय समावेशी आयोगको अध्यक्ष श्री विष्णुमाया ओझाले राष्ट्रिय समावेशी आयोग सधैँ अपाङ्गता भएका व्यक्तिहरुको साथमा रहेको बताउँदै अपाङ्गता भएका व्यक्तिहरुको समावेशीकरणको लागि नीतीगत योजना तर्जुमा गर्न र सरोकारवालाहरुसँग छलफल गर्नका लागी आफुहरुले पहल गर्ने बताउनुभयो ।
उक्त राष्ट्रिय सम्मेलनको विशिष्ट अतिथी समेत रहनुभएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चितवन जिल्लामा राष्ट्रिय अपाङ्ग महासङ्घको राष्ट्रिय सम्मेलन चितवन जिल्लामा गर्न पाउनु आफुहरुको गौरबको विषय भएको बताउँदै चितवन जिल्लाले अपाङ्गता भएका व्यक्तिहरुको सवाल र नेतृत्वको लागी यहाँका अपाङ्गता भएका व्यक्तिहरुका स्वावलम्बी संस्थाहरुसँग मिलेर अगाडि बढिने बताउनुभयो ।
सम्मेलनमा अथितिको रूपमा उपस्थित रहनुभएका भरतपुर महानगरपालिकाका विभिन्न पदाधिकारी, कर्मचारी, स्थानीय गैरसरकारी संस्थाका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय विभिन्न अपाङ्गताको समुहलाइ प्रतिनिधित्व गर्ने संस्थाका प्रतिनिधि, स्थानीय अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका साझेदार निकायका प्रतिनिधि, पूर्व अध्यक्षहरू लगायतका महानुभावहरूले सम्मेलनको उद्घाटन सत्रलाइ सम्बोधन गर्नुभएको थियो ।
साधारणसभाको बन्द सत्र
उद्घाटन सत्रको समापन पश्चात साधारणसभाका मुख्य कार्यक्रमहरू संचालन भए । साधारणसभाका मुख्य छलफलका विषयहरूमा महासंघको बार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन र आगामी वर्षका लागि नीति र कार्यक्रम रहेका थिए । कोभिड माहामारीको कारणले एक वर्ष ढिला हुन गएको हुनाले यो साधारणसभामा दुइवटा आर्थिक वर्ष क्रमशः २०७५/७६ र २०७६/०७७ को प्रतिवेदनहरू पेश गरि छलफल गरिएको थियो । सोहि क्रममा आर्थिक वर्ष २०७७/०७८ को लागि नीति, कार्यक्रम र अनुमानित बजेट पनि पेश गरिएको थियो । यस क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव श्री राजु वस्नेतले दुइ वर्षको बार्षिक प्रगति प्रतिवेदन र भावि नीति कार्यक्रम पेश गर्नुभएको थियो भने कोषाध्यक्ष श्री के.पी.अधिकारीले आर्थिक प्रगति प्रतिवेदन र आगामी वर्षको लागि अनुमानित बजेट पेश गर्नुभएको थियो । पेश गरिएको प्रतिवेदन, नीति तथा कार्यक्रममा सामान्य छलफल गरि सहभागीहरूबाट आएका सुझाव र आलोचनाहरूलाइ सकारात्मक रूपमा ग्रहण गर्दै प्रतिवेदनहरू साधारणसभाबाट सर्वसम्मतले पारित गरियो ।
साधारणसभाकै अवसरमा नेपालमा हाल विद्यमान रहेका अपाङ्गताका जल्दाबल्दा सवालहरूमा विस्तृत छलफल गरि “२०औँ साधारणसभाका २० अठोटहरू” भन्ने शिर्षकमा आगामि दिनमा प्राथमिकताका साथ काम गर्ने प्रतिवद्धता सहितको चितवन घोषणापत्र जारी गरियो ।
राष्ट्रिय भेला तथा साधारणसभालाइ समापन गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष श्री मित्रलाल शर्माले चितवनमा गरिएका २० अठोटहरूलाइ प्रत्येक तहमा कार्यान्वयन गर्न महासंघका सबै संरचना र सबै सदस्य संस्थाहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो । साथै वहाँले यि अठोटहरूको कार्यान्वनयमा सहकार्य गर्न महासंघले साझेदार निकाय, सरकार र विकास निकायसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वहाँले सम्मेलनमा उपस्थित सबै सहभागी, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सबै सहभागी, पत्रकार, स्वयमसेवक, कर्मचारी, स्थानीय आयोजक सबैलाइ हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।