कोटेशन आव्हान गरिएको सूचना
मितिः २०८१ मंसिर २५ गते
कोटेशन आव्हान गरिएको सूचना ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २२ औँ वार्षिक साधारण सभा यहि मिति २०८१ पौष १२ र १३ गते काठमाण्डौमा हुने भएकोले सो साधारण सभामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु, सहयोगी, पर्यवेक्षक र अन्य व्यक्तिहरु सहित करिब ५०० देखि ७०० जना सहभागीहरु उपस्थित हुने अपेक्षा गरिएकोछ । उल्लेखित संख्याका सहभागीहरुका लागि आवश्यक सेवा सुविधा प्रदान गर्नका लागि काठमाण्डौं उपत्यका भित्र सञ्चालनमा रहेका सेवा प्रदायकहरुले आफुले प्रदान गर्न सक्ने सेवा सुविधाहरुको मुल्यसूची सहित एकमुष्ट वा फरक फरक सेवाहरुको दररेट राष्ट्रिय अपाङ्ग महासंघ नेपालको भृकुटीमण्डप‚ काठमाण्डौस्थित संघीय कार्यालयमा वि.सं. २०८१ पौष ३ (१८ डिसेम्बर २०२४) भित्र बुझाउनुहुन वा compliance@nfdn.org.np वा cfo@nfdn.org.np मा इमेल गरी आफ्नो प्रस्तावना पेश गर्नुहुनका लागि यो सूचना आव्हान गरिएको छ ।
आवश्यक सेवाहरु
क) कार्यक्रम स्थल (कम्तिमा ७०० जना अट्न सक्ने पहुँचयुक्त हल)
ख) पहुचयुक्त मंच व्यवस्थापन, LED स्क्रिन, साउण्ड सिस्टम
ग) पहुँचयुक्त ढाँचामा डिजिटल डकुमेन्टेसन निर्माण
घ) क्याटरिङ् सेवा तथा खाना र खाजा
ङ) आवास सेवा
च) प्रिन्टङ्ग र फोटीकपी
छ) यातायात सेवा
पेश गर्नुपर्ने कागजातहरु
१) कोटेशन पत्र (माथि उल्लेखित विवरण अनुसार)
२) व्यवसाय दर्ता प्रमाणपत्र
३) भ्याट प्रमाणपत्र
४) कर चुक्ता प्रमाणपत्र आ व २०८०-८१
५) होटेल र गेष्ट हाउसको नक्साङ्कन एंव पहुँचयोग्यता विवरण फारम (सेवा प्रदायकले भरेर बुझाउनुपर्ने)
६) मुल समारोह स्थलको पहुँचयोग्यता सर्वेक्षण फारम (सेवा प्रदायकले भरेर बुझाउनुपर्ने)
थप जानकारीका लागि सम्पर्क
प्रशान्त कुमार झा
प्रमुख वित्त अधिकृत
सम्पर्क नं : ९८५१२३६४०७, cfo@nfdn.org.np