अपाङ्गता समावेशी विकास सम्बन्धि २ दिने अभिमुखीकरण सम्पन्न
मिति: २०८० फाल्गुन १ गते
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (NFDN) को आयोजना र द एशिया फाउन्डेसनको आर्थिक सहयोगमा संचालित स्थानीय सरकार सबलीकरण परियोजना अन्तर्गत १५ वटा साझेदारी संस्थाका कर्माचारिहरुलाई अपाङ्गता समावेशी विकास बिषयक अभिमुखीकरण मिति २०८० साल माघ २९ र फागुन १ गते गरि २ दिनसम्म संचालन गरियो ।
उक्त अभिमुखीकरणमा ३२ जनाको सहभागिता रहेको थियो । पहिलो दिनको कार्यक्रमको बारेमा स्वागत तथा कार्यक्रमको उद्देश्यको बारेमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव श्री सुगम भट्टराईले गर्नु भएको थियो । उक्त कार्यक्रम संचालन राष्ट्रिय अपाङ्ग महासंघ नेपालका परियोजना संयोजक श्री रोशन न्यौपानेले गर्नु भएको थियो ।
अपाङ्गता समावेशी विकास सम्बन्धि २ दिने अभिमुखीकरणमा सहजीकरण अपाङ्गता विज्ञ डा. विरेन्द्र राज पोख्रेल, बौद्धिक अपाङ्गताका अभिबावक महासंघ नेपालका अध्यक्ष श्री राजु बस्नेत र नेपाल सरकार, महिला बिभागका उप सचिव श्री नीरा अधिकारिले गर्नु भएको थियो ।
अभिमुखीकरणमा नेपालमा अपाङ्गता विकासक्रम, अपाङ्गताको परिभाषा र वर्गीकरण, परिचय पत्रको व्यवस्था, सेवा सुबिधाको वितरण, अभिवेदको सिद्दान्त, सार्थक समावेशीकरण, अन्तर वर्गीय विभेदीकरणको अवस्था, अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन, UN CRPD, दिगो विकास लक्ष्यमा अपाङ्गता भएका व्यक्ति सम्बन्धि राष्ट्रिय नीति २०८०, अपाङ्गता समावेशी परियोजना निर्माणका आधारहरु, ध्यान दिनुपर्ने सवाल र अपाङ्गताको अन्तरवर्गीय सवालहरु, विकास साझेदारहरुले अपाङ्गता विकासका लागि अवलम्बन गर्नुपर्ने उपायहरु, अपाङ्गता समावेशी कार्यस्थल तथा न्युनतम पहुन्चायुक्तताको अवस्था, उपयुक्त अनुकुलता, जवाफदेही बजेट, समावेशी तथ्यांक संकलन र वाशिंगटन ग्रुप सेट प्रश्नावलीकको बारेमा सहजकर्ताहरूले अति सहज र सरल ढंगबाट सहजीकरण गर्नु भएको थियो । अभिमुखीकरणमा सहाभागीहरुले सक्रिय रुपमा भाग लिई छलफल तथा समूह कार्य गर्नु भएको थियो ।
अभिमुखीकरण छलफल, प्रस्तुतीकरण, समूह कार्य, खेलको माध्यमबाट गरिएको थियो ।
दुई दिने कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय अध्यक्ष श्री देवीदत्त आचार्य र वरिष्ठ उपाध्यक्ष राम बहादुर कार्कीको समुपस्थिति थियो ।