निः शुल्क शिक्षा सम्बन्धमा
नेपाल सरकार
राष्ट्रिय परीक्षा बोर्ड
प्रदेश परीक्षा व्यवस्थापन कार्यालय
कोशी प्रदेश
बिराटनगर मोरङ्ग
पत्र संख्याः- ०८०/०८१
च. नं १० मितिः२०८०/०४/०२
बिषयः– निः शुल्क शिक्षा सम्बन्धमा
श्री कक्षा ११ र १२ संचालित सम्पूर्ण बिद्यालय /क्याम्पसहरु
ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, मोरङ्ग, सुनसरी, धनकुट्टा, तेहथुम, संखुवासभा, भोजपुर ।
प्रस्तुत बिषयमा नेपालको संबिधानको धारा ३१ को उपधारा ३ मा अपाङ्गता भएका र आर्थिक रुपले बिपन्न नागरीकलाई कानून बमोजिम निः शुल्क उच्च शिक्षा पाउने हक हुनेछ भन्ने ब्यवस्था हुनुको साथै अपाङ्गता भएका ब्यक्तिको अधिकारसम्बन्धी ऐन,२०७४ को दफा २१ मा अपाङ्गता भएका ब्यक्तिलाई निः शुल्क शिक्षा उपलब्ध गराउने भन्ने व्यवस्था रहेको तथा सम्मानित सर्बोच्च अदालतको मिति २९६०/०७/२८ को फैसलामा अन्धा, अपाङ्ग, बहिरा, तथा सुस्तमनस्थिति भएका व्यक्तिहरुलाई नेपाल अधिराज्य भरिका सम्पूर्ण सार्वजनिक विद्यालय, विश्वविद्यालय तथा तालिम केन्द्रहरुमा निः शुल्क भर्ना गरी गराई निजहरुबाट भर्ना भएपछि कुनै पनि किसिमको सेवा शुल्क नलिनु लिन नलगाउनु भनी निर्देशनात्मक आदेश जारी भएको देखीएको सन्दर्भमा समेत विद्यालयहरुले अपाङ्गता भएका व्यक्तिहरुबाट रजिष्टेशन शुल्क,परीक्षा शुल्क, प्रमाणपत्र शुल्क मासिक शुल्क वा अन्य शुल्क असुली गरिरहेको भनी अत्याधिक गुनासाहरु आएको हुँदा अपाङ्गता भएका व्यक्तिको हकमा निः शुल्क शिक्षाको लागी सम्बन्धित बिद्यालयहरुलाई परिपत्र गरी निः शुल्क शिक्षा लिन पाउने अधिकारको उपभोगमा सहजीकरण गरी दिनुहुन अनुरोध छ भनी अत्यधिक गुनासाहरु आएको हुँदा अपाङ्गता भएका व्यक्तिको हकमा निः शुल्क शिक्षाकोलागी सम्बन्धित बिद्यालयहरुलाई परिपत्र गरी निः शुल्क शिक्षा लिन पाउने अधिकारको उपभोगमा सहजिकरण गरी दिनुहुन अनुरोध छ भनी राष्ट्रिय अपाङ्ग महासंघ- नेपाल, कोशी प्रदेश कार्यालय, विराटनगरको लागि अनुरोध छ । यस सम्बन्धि प्राप्त कागजात पाना ५ समेत यसैसाथ संलग्न गरी पठाइएको छ व्यहोरा अनुरोध छ ।
बोधार्थः
श्री शिक्षा बिकास तथा समन्वय इकाइहरु
ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा,मोरङ्ग, सुनसरी, धनकुट्टा, तेहथुम,संखुवासभा, भोजपुरःआवश्यक समन्वय तथा सहजिकरणको लागी अनुरोध छ ।
श्री सम्पूर्ण गाउँपालिका/ नगरपालिका/उपमहानगरपालिका/महानगरपालिका
ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, मोरङ्ग, सुनसरी, धनकुटा, तेहथुम, संखुवासभा,भोजपुरः ताहाँको जानकारी तथा आवश्यकतानुसार नियमनको लागि समेत अनुरोध छ ।
श्री राष्ट्रिय अपाङ्ग महासंघ – नेपाल, कोशी प्रदेश कार्यालय, बिराटनगर
…………….
युवराज पौडेल
नि . निर्देशक