स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवाका लागि राष्ट्रिय कार्यशाला सम्पन्न
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा यु.एस.ए.आइ.डी. र ह्याण्डीक्याप इन्टरनेशनल नेपालको साझेदारीमा अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवाका संग सम्बन्धित ऐन कानुन/नीतिहरुको संघीय प्रदेश र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका र अब बन्ने नीति,कार्यक्रम तथा बजेटमा सबै तहमा स्वास्थ्य पुनर्स्थापनाको सवाल सम्बोधनका लागी वकालत गर्ने उदेश्यका साथ प्रदेशका प्रादेशिक स्वास्थ्य निर्देशक,सामाजिक बिकाश महाशाखा पमुख/प्रतिनिधि, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सातै प्रदेशका प्रदेश अध्यक्ष, प्रमुख/प्रतिनिधि र संघिय तह बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, अपाङ्गता भएका व्यक्तिहरुको वर्गीय संस्थाहरुका प्रतिनिधिहरु, साझेदार संस्थाका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको सहभागितामा स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवाका लागि राष्ट्रिय कार्यशाला २०७९ चैत्र २९ गते काठमाडौमा सम्पन्न भयो । उक्त कार्यक्रममा १८ जना अपाङ्गता भएका व्यक्ति सहित करिब ५० जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यशालामा कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यवस्थापन शाखाका जनस्वास्थ्य अधिकृत महेन्द्र गिरी ज्यूले स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवाका लागि शाखाले गरेका गतिबिधि र आगामी बर्षको अनुमानित क्रियाकलापका बारेमा समेत प्रस्तुति राख्नु भएको थियो । त्यसैगरी, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुर्व अध्यक्ष तथा अपाङ्गता बिज्ञ डा.बिरेन्द्रराज पोख्रेलले स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवा संग सम्बन्धित कानुनि ब्यबस्था, कार्यान्वयनको आवस्था, संघिय,प्रदेश र स्थानीय सरकारको यसका लागि खेल्नु पर्ने भूमिका लगायत अबको प्रथामिकता बारेमा प्रस्तुति राख्नु भएको थियो । त्यसै गरि बौद्धिक अभिभावक महासंघका अध्यक्ष राजु बस्नेत ज्यूले प्रदेश सरकारले स्वास्थ्य पुनर्स्थापनाका सवालमा जारि गरेका केहि महत्वपूर्ण नीति र कामका बारेमा जानकारी गराउनु भएको थियो भने नेपाल अपाङ्ग महिला संघका महासचिव देव कुमारी पराजुलीले स्थानीय स्तरमा आवस्यक पर्ने एकीकृत पुनर्स्थापनाको जानकारी र गर्नु पर्ने कामका बिषयबस्तुमा प्रस्तुत गर्नु भएको थियो । साथै वहाँले अहिले नेपालमा सहायक सामग्रीको बिधमान अवस्था र उपलब्धता संगसंगै अब तिनै तहको सरकारले पुनर्स्थापनाको सवाल सम्बोधनका लागि सुझाब पेश गर्नु भएको थियो ।त्यसैगरी उक्त कार्यक्रममा वर्गीय संस्थाहरुका प्रतिनिधिहरुका तर्फबाट समेत स्वास्थ्य सम्बन्धि पुनर्स्थापनाको सवाल चुनौतीबारे राय प्रस्तुत भएको थियो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष श्री देवीदत्त आचार्य ज्यूको अध्यक्ष्यता र संघिय परियोजना संयोजक सन्दिप बिकको संचालनमा सम्पन्न उक्त कार्यशालामा महासंघका तर्फबाट पुनर्स्थापनाको सवालमा महासंघको चासोको बिषयमा समेत प्रस्तुतीकरण रहेको थियो । उक्त कार्यशालाको समापन समारोहमा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष श्री देवीदत्त आचार्य ज्यूले प्रदेश सरकारका तर्फबाट सहभागी भएका प्रदेश स्वास्थ्य निर्देशक, सामाजिक बिकाश महाशाखा प्रमुख/प्रतिनिधि ज्यूहरुले गरेका प्रतिबद्दताको कार्यन्वयनका गर्न अब आगामी आ.ब. २०८०/०८१ को कार्यक्रम तथा बजेट तर्जुमा गर्दा संघिय,प्रदेश र स्थानीय सरकारले स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवाका लागि अनिबार्य कार्यक्रम तथा बजेट समावेश गर्नु पर्ने र महासंघले यसका लागि निरन्तर समन्वय, सहकार्य तथा पैरवी गर्ने बताउनुभयो । कार्यशालाको अन्तमा सबै सहभागीहरुको सुझाब लाई समेट्दै १० बुंदे प्रतिबद्दता घोषणा सहित कार्यक्रम समापन भएको थियो ।