पहुँचयुक्त भौतिक संरचना, संचार तथा यातायात सम्बन्धी थ्रीडी एनिमेटेड भिडियो
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबिएम ग्लोबलसँगको सहयोगमा पहुँचयुक्त भौतिक संरचना, संचार तथा यातायात सम्बन्धी थ्रीडी एनिमेडेट भिडियोहरु बनाएको छ । थ्रीडी एनिमेडेट भिडियोहरुले…
समावेशी निर्वाचन सम्बन्धी जनचेतनामूलक भिडियो
“मतदान प्रकृया र मतदानस्थलहरूलाई सबै अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त बनाउँ । सबैको मतदानको अधिकार सुनिश्चित गरौँ ।”
लैङ्गिक हिंसा सम्बन्धी सचेतनामूलक भिडियो सन्देश!
मईराइट सँगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा जनहितमा जारी यस भिडियोमा एक जना शारिरिक अपाङ्गता भएको महिला जसले आफ्नो सघर्षले शिक्षा हासिल गरी…
राष्ट्रिय जनगणना सम्बन्धी सचेतनामूलक भिडियो
“मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८”
बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुन गईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ । अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकिरहेको र उनिहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भईरहेको वर्तमान परिप्रेक्षलाई मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला निकाय, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ । गणनामा कतैपनि अपाङ्गता भएका व्यक्ति नछुटुन्, नदोहोरिउन् ।
१२ औं राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरूको सहभागीता बारे राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्षज्यूको सन्देश!
नेपाल सरकारले मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ १२ औं राष्ट्रिय जनगणना २०७८ को सुरुवात गरिसको छ । हामी सबैले हाम्रो घरदैलोमा आउने गणक र सुपरीवेक्षकलाई न हिच्किचाइ जानकारी दिई जनगणनालाई सफल पारौँ । सत्यतथ्य जानकारी दिई जनगणना सफल बनाउन हामी सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्दछ ।