महासंघको तीन वर्षे मार्गचित्र

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले २०७६ असोज ९ गते २०७६ देखी २०७८ सम्मको तिन वर्षे मार्ग चित्र सार्वजनिकरण गरेको छ । महासंघका अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा होटेल हार्दिक बागबजार काठमाण्डौमा सम्पन्न उक्त सार्वजनिकरण कार्यक्रममा वर्गिय संस्था, सदस्य संस्था, राजनैतिक पार्टीका भातृ संस्थाका प्रतिनिधिहरु, अपाङ्गता भएका ब्यक्तिहरु लगायतको उपस्थिति रहेको थियो ।

तीन वर्षको लागि प्रस्तावित मार्गचित्र सार्वजनिकरण गर्ने र सहभागिहरुबाट पृष्ठपोषण लिने मुख्य उदेश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा महासंघका महासचिव राजु बस्नेतले आगामी तिन वर्षको मार्गचित्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुतिकरणमा महासंघको परचिय, अपाङ्गता क्षेत्रका समस्या विश्लेषण, आगामी तिन वर्षका लागि महासंघका प्राथामिकताका क्षेत्रहरु, संचालन गरिने कार्यक्रमहरु, कार्यान्वयनका रणनीति गरि बिभिन्न ६ वटा भागमा बिभाजन गरिएको मार्गचित्रमा बिभिन्न नौ वटा मुख्य क्षेत्रहरु प्राथमिकिकरण गरिएको थियो ।

 

Program Photoसरोकारवालाहरुप्रतिको जवाफदेहीता र जिम्मेवारी बोध गरि महासंघले उपयुक्त समयमा यो कार्यक्रम आयोजना गरेको कार्यक्रमका सहभागिहरुले बताएका थिए । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अपाङ्गता अधिकार प्रवर्द्धन शाखाका उप सचिव पशुपति महतले शुभकामना मन्तब्य दिदै सबै प्रकारका अपाङ्गताको सवालहरुलाई एकिकृत गरि प्रस्तुत गरिएको मार्गचित्रले अपाङ्गताका सवालहरुको नेतृत्व गर्ने संस्था महासंघ हो र ती सवालहरु सम्बोधन गर्न महासंघ प्रतिवद्ध छ भन्ने कुरा प्रष्ट देखिएको बताउनु भयो ।

महासंघको तीन वर्षे मार्ग चित्र कार्यक्रमको तस्वीर
महासंघको तीन वर्षे मार्ग चित्र कार्यक्रमको तस्वीर

कार्यपत्र हेर्दा हालसम्म सरकारले अपाङ्गताको क्षेत्रमा धेरै काम गरेको जस्तो लागेको थियो तर धेरै काम गर्न बाँकी रहेको महशुस भएको छ । सहभागिहरुले औलाएका सवालहरुमा आगामी दिनमा थप काम गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताउनु भएको थियो । कार्यक्रमको समापनमा सम्पुर्ण सहभागिहरुलाई धन्यबाद दिदै अपाङ्गताको क्षेत्रमा हालसम्म प्राप्त उपलब्धिमा यहाँहरु सबैले पुर्याएको योगदान र यो मार्गचित्रमा यहाँहरुले दिनु भएको उच्च स्तरका सुझावको सरहाना गर्दै आगामी दिनमा यहाँहरुको निरन्तर समन्वय र सहयोगको अपेक्षा गर्दछु भन्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

डाउनलोड लिङ्क

महासंघको तीन वर्षे मार्गचित्र निन्न लिङ्कबाट प्राप्त गर्नसक्नुहुनेछः

 MS Word फर्म्याटमा डाउनलोड गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *