लोक सेवा आयोगको विज्ञापन खारेजीका लागि राज्य व्यवस्था समितिको निर्देशन

सम्पुर्ण अपाङ्गता अधिकारकर्मी ज्यू

मिति २०७६ जेष्ठ १५ गते लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनको खारेजीका लागि प्रतिनिधि सभा राज्य ब्यवस्था समितिले गरेको निर्देशनको हार्दिक स्वागत गर्दै लोक सेवा आयोगले उक्त बिज्ञापन नसच्याउन्जेल समावेशीताको आरक्षणको लागि २०७६ जेष्ठ २५ गतेबाट शुरु गरिएको धर्ना कार्यक्रम यथावत रहेको जानकारी गराइन्छ । पुर्व घोषित कार्यक्रम अनुसार आज जेष्ठ २७ गते अपरान्ह ३ बजे माइतिघर मण्डलामा यहाँहरुको उपस्थितिको लागि हार्दिक अनुरोध छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल