कपिलबस्तु, २०७६ असोज २८ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपालले संघीय कार्य समितिको तेश्रो पुर्ण बैठक र लैंगिकता सम्बन्धी तालिमको पुर्व सन्ध्यामा ठाकुरापुर कपिलबस्तुमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । असोज २९ र ३० गते अपाङ्गताको सवालमा महासंघले उठाएका वर्तमान सवालहरु र तेश्रो पुर्ण बैठकले छलफल गर्ने बिषयबस्तु र तालिमका बारेमा महासंघका अध्यक्ष मित्रलाल शर्माले प्रेस विज्ञप्ती प्रस्तुत गर्नु भएको थियो ।

स्थानीय तहमा महासंघले उठाउने सवाल, नयाँ कार्य समितिको अबको सपना, मिडियासँगको सहकार्यमा महासंघको नीति, बिषेश प्रतिभाका धनी अपाङ्गता भएका ब्यक्तिको हौसलाको लागि महासंघको धारणाका बारेमा पत्रकारहरुले जिज्ञासा राख्नु भएको थियो । महासचिव राजु बस्नेतले संचालन गर्नु भएको उक्त कार्यक्रमको अध्यक्षता मित्रलाल शर्माले गर्नु भएको थियो भने कपिलबस्तुमा पत्रकारिताको क्षेत्रमा कार्यरत १७ जना पत्रकार सहित २५ जनाको उपस्थिति रहेको थियो ।

सम्पुर्ण पत्रकारहरुका तर्फबाट पत्रकार महासंघकी उपाध्यक्ष पार्वती पाण्डेले धन्यबाद दिदै अपाङ्गता भएका ब्यक्तिहरुको सवालमा आफुहरुले विगतमा पनि निरन्तर कलम चलाइरहेको र अव पनि चलाउने प्रतिवद्धता ब्यक्त गर्नु भयो । सम्पुर्ण पत्रकाहरुलाई धन्यबाद दिदै पत्रकारिता जगत भनेको हिजो २०६२/०६३ को जनआन्दोलन सफल बनाउन होस, महिला, दलित,आदिबासी जनजाती, मधेसी, मुस्लिम आदीको सवालहरुको सम्बोधन गर्न गराउन पत्रकारिता जगतको ठुलो हात रहेको हुँदा अव अपाङ्गता भएका ब्यक्तिहरुको सवालको सम्बोधन गरिदिन यहाँहरुले पुनः कलम चलाउनु पर्ने बेला आएको कुरा बताउदै समापन गर्नु भएको थियो ।