बधाई तथा शुभकामना कार्यक्रम

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवनिर्वाचित कार्य समितिलाई राष्ट्रिय समावेशी आयोगमा बधाई तथा शुभकामना कार्यक्रमको तस्विर
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवनिर्वाचित कार्य समितिलाई राष्ट्रिय समावेशी आयोगमा बधाई तथा शुभकामना कार्यक्रमको तस्विर

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवनिर्वाचित कार्य समितिलाई राष्ट्रिय समावेशी आयोगका अध्यक्ष माननीय अध्यक्ष डा शान्ताराम सुवेदी र माननीय सदस्य विष्णुमाया ओझा ज्यूले २०७६ बैशाख १३ गते आयोगको कार्यकक्षमा बधाई तथा शुभकामना दिनु भएको थियो ।

उक्त कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष मित्रलाल शर्मा, उपाध्यक्ष रमा ढकाल, महासचिव राजु बस्नेत सहित बाह्र जना सदस्यहरुको उपस्थिति रहेको थियो । भेटका अवसरमा महासंघको तर्फबाट अपाङ्गता भएका ब्यक्तिको प्रतिनिधित्व, अपाङ्गता सम्बन्धी बनेका कानूनहरुको प्रभावकारी कार्यान्वयन, अपाङ्गताका सवालमा सर्वोच्च अदालतले गरेका फैसला लगायतका विषयमा सरकारलाई सुझाव दिन अनुरोध गरिएको थियो । महासंघको तर्फबाट राखिएका अपाङ्गताका सवालमा आयोग सकरात्मक रहेको र आयोगका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *