राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २८ औँ स्थापना दिवसको शुभकामना सन्देश

नेपालमा अपाङ्गता अधिकार आन्दोलनलाई नेतृत्व गर्दै, अपाङ्गता भएका व्यक्तिका अधिकारहरूलाई  संस्थागत गर्दै, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आजबाट आफ्नो अथक यात्राको क्रममा २८ औँ बर्षमा प्रवेश गरेको छ । यो सुखद घडीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल परिवार, यस संस्थालाई आफ्नो यात्रामा साथ दिने सम्पूर्ण सदस्य संस्था, सरकारी तथा गैर सरकारी सरोकारवाला निकाय, अपाङ्गता भएका व्यक्ति, नागरिक समाज, साझेदार संस्था, विकास निकायहरू, सञ्चार माध्यम, निजी क्षेत्र लगायत सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ । यसै अवसरमा सम्पूर्ण सदस्य संस्थाहरूमा हार्दिक शुभकामना पनि व्यक्त गर्दछ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ६० ले दिएको अधिकारको प्रयोग गरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७  नेपाल राजपत्रको २०७७ साल भदौं १ गते यो नियमावली नेपाल सरकारले जारी गरेको छ ।

अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७६ सम्बन्धी प्रेस बिज्ञप्ती

अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी बिधेयक २०७४ श्रावण २२ गते प्रतिनिधि सभाबाट अनुमोदन भइ २०७४/६/२९ गते सम्माननीय राष्ट्रपति ज्यूबाट प्रमाणिकरण भएपछि औपचारिक रूपमा उक्त विधेयक ऐनको रूपमा लागू भएको हो । सो ऐनको दफा १ मा यो ऐन प्रमाणीकरण भएको एकानब्बेऔँ दिन देखी लागू हुनेछ भन्ने उल्लेख छ र ऐनमा व्यवस्था भए अनुसार ऐनलाइ पूर्ण रूपमा कार्यान्वयन गर्न चाहिने नियमावली सो अवधिमा बनाइसक्नुपर्ने प्रावधान समेत राखिएको छ । तर ऐन पारित भएको तिन बर्षपछि मात्र आम अपाङगता भएका ब्यक्तिहरुको प्रतिक्षाको रुपमा रहेको नियमावली २०७७ श्रावण ५ गते मन्त्री परिषद्ले पारित गरि २०७७/५/१ गते नेपाल राजपत्रद्धारा सार्वजनिक गरेको छ । यस परिप्रेक्षमा सर्वप्रथम नियमावलीले पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुलाइ सेवा सुविधामा प्राथमिकतामा राख्ने र उनीहरूलाई सेवा सुविधामा पहुँच पुर्याउन विशेष व्यवस्थाहरू गर्ने गरि राखिएका प्रावधानहरूको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल स्वागत गर्दछ । तर, अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले तोक्नु भनेका धेरै विषयहरू, नेपालको संविधानमा भएका व्यवस्था र नेपाल सरकारको नियमित नीति, कार्यक्रम, बजेट र पहिलेदेखिनै गर्दै आएका राम्रा अभ्यासहरुलाई भने नियमावलीले पूर्ण रुपमा समेटन् सकेको छैन ।

कोभिड सम्बन्धी सचेतना

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडको सहयोगमा कोभिड प्रतिकार्यको लागि सचेतनामूलक चित्र तयार गरेको छ । यस सचेतनामूलक चित्रमा स्वास्थ्य सेवा र उपचारमा संलग्न सम्पूर्ण निकायहरुले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवा, सुविधा, उपचार तथा परामर्शको क्रममा उनीहरुका विशिष्ट आवश्यकतालाई ध्यान पुर्याइ काम गर्ने बारेमा  देखाइएको छ ।

Detail TOR for Disability Job portal

The Joint Consortium of National Federation of the Disabled Nepal (NFDN), The Leprosy Mission Nepal (TLMN) and The Federation of Nepalese Chambers of Commerce and Industries (FNCCI) is jointly implementing a project “Fuelling Opportunities to End Unemployment for Nepalese with Disabilities” in short FOUND, dedicated to increase the access of persons with disabilities to employment and decent work in Nepal. As a crucial part of the project FOUND project wants to build an online Job Portal dedicated to job seekers with disabilities. In this course, the FOUND project is seeking consultancy service from renowned and qualified web designing companies of Nepal. We request the eligible company to submit their proposal including financial proposal and detailed action plan with timelines under the conditions and scope of the following Terms of Reference (TOR).

अति अशक्त अपाङ्गता भएका व्यक्ति सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेस बिज्ञप्ती

अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुले प्राप्त गरिरहेको सामाजिक सुरक्षा भत्ता सामाजिक सुरक्षा नियमावली कार्यान्वयन गर्न भनी राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागले मिति २०७६/१२/२६ च.नं १३७० को परिपत्रसँगै रोकिएको सामाजिक सुरक्षा भत्ता सोहि बिभागको मिति २०७७/२/२८ च.नं १५७२ को परिपत्र अनुसार आ.व. ०७६/०७७ को असार मसान्त सम्मको लागि सामाजिक सुरक्षा भत्ता शिर्षकमा बिनियोजित बजेटबाट खर्च लेख्ने गरि आर्थिक सहायत उपलब्ध गराउने भनि परिपत्र गरि अस्थायी समाधान गरिएको थियो भने सामाजिक सुरक्षा ऐन २०७५ संशोधन गरी स्थायी समाधान गरिनेछ भनी सरकारको प्रतिवद्धता आएको थियो ।

अति अशक्त अपाङ्गता भएका ब्यक्तिको सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेश बिज्ञप्ती ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको मिति २०७७ जेष्ठ २८  च नं १५७२ को पत्रअनुसार साबिक बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका अति अशक्त अपाङ्गता ( ख वर्गको अपाङ्गता परिचय) पत्र प्राप्त भएका लाभग्राहीलाई मासिक रु १६००। का दरले चालु आ.व. को तेश्रो चौमासिक २०७६ चैत्रदेखी २०७७ असार सम्म को लागि हुन आउने रकम चालु आ.व. २०७६/२०७७ को सामाजिक सुरक्षा भत्ता शीर्षकमा बिनियोजित बजेटबाट खर्च लेख्ने गरी आर्थिक सहायता उपलब्ध गराउने भनी सबै स्थानीय तहलाई परिपत्र गरिएको अवस्था छ ।

सामाजिक भत्ता सम्बन्धी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्णय

प्रस्तुत विषयमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७/२/२२ को तपशिल बमोजिमको निर्णयानुसार विश्वब्यापी COVID – 19 महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी साविकमा सामाजिक सुरक्षा भत्ता खाई पाई आएका साठी वर्ष उमेर पुरा नगरेका विधवा र अति अशक्त अपाङ्गता (“ख” वर्गको अपाङ्गता परिचयपत्र) भएका लाभग्राहीहरूलाई देहाए बमोजिम आर्थिक सहायता उपलब्ध गराउनुहुन अनुरोध छ । साथै बिभागको VERSP-MIS प्रणालीमा आर्थिक सहायताको छुटै समुह बनाई विवरण अध्यवधिक गरिने ब्यहोरा समेत आदेशानुसार अनुरोध छ।

सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेश विज्ञप्ति

अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता कटौति गरिएको सन्दर्भमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको च. नं १३७० मिति २०७६/१२/२६ को परिपत्रको विषयमा राष्ट्रिय अपाङ्ग महासंघले आफ्नो आधिकारिक धारणा मिति २०७७/२/७ को प्रेश बिज्ञप्ती मार्फत सार्वजनिक गरिसकेको हो ।  उक्त परिपत्रबाट उत्पन्न परिस्थिति र चौतर्फि भएको गुनासोका बारेमा मिति २०७७ जेष्ठ १२ गते राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सम्माननीय प्रधानमन्त्री ज्यूबाट पाइरहेको सामाजिक सुरक्षा भत्ता कटौति नगरिने र यसको दायरा अझ फराकिलो पारिने भनि प्रतिवद्धता व्यक्त भएकोमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आम अपाङ्गता भएका ब्यक्तिहरुका तर्फबाट आभार ब्यक्त गर्दछ र साथै राष्ट्रिय अपाङ्ग महासंघ  नेपाल सो प्रतिबद्धताको प्रभावकारी रूपमा कार्यान्वयन होस भन्ने जोडदार माग गर्दछ ।

 कोभिड -१९ को परिस्थितिमा अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार सम्बन्धि भर्चुअल (अनलाईन) बैठक

राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा गैर सरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन,  अपाङ्गताको क्षेत्रमा कार्यरत बिभिन्न  संस्थाहरु,  अपाङ्गता भएका व्यक्तिहरु,  उनीहरुका अभिभावक, महासंघका कार्यसमिति र प्रदेश कार्य समिति, महासंघका सदस्य संस्थाहरु र अन्य गैरसरकारी संस्थाहरु गरी ६४ जनाको सक्रिय सहभागितामा जुममार्फत कोभिड १९ बाट उत्पन्न वर्तमान परिस्थितिमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था तथा अनुगमनको विषयमा भर्चुअल  (अनलाईन) बैठक आज सम्पन्न भएको छ ।