११ बुदेँ प्रतिबद्धता पत्र जारी गर्दै राष्ट्रिय अपाङ्ग युवा सम्मेलन सम्पन्न

“कसैलाई पछि नछाड्ने” दिगो विकास लक्ष्यको मुख्य उद्येश्यलाई आत्मसात गरी, राष्ट्रिय युवा अपाङ्ग सम्मेलन २०७५, असोज ७ र ८ गते, सातै वटा प्रदेशबाट अपाङ्गता भएका र नभएका युवाहरुको सहभागितामा सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघको आयोजना, संयुक्त राष्ट्रसंघ, डिआरपीआई क्यानेडा तथा योर्क युनिभर्सिर्टिको सहकार्यमा भएको सम्मेलनमा, माननीय युवा तथा खेलकुद मन्त्री, श्री जगत बहादुर विश्वकर्माद्धारा कार्यक्रमको उद्घाटन भएको थियो ।

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष, सुर्दशन सुवेदीज्यूले सहभागीलाई स्वागत गर्दै, अपाङ्गताका विविधता, र विकासका कार्यमा समावेशीकरणको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । यसैगरी, संयुक्त राष्ट्रसंघ नेपालका आवासिय संयोजक, भेलरी जुलियान्डले दिगो विकास लक्ष्यका विविध तथ्याङ्ग प्रस्तुत गर्दै, असमानता लाई न्युनिकरण गर्न हामी सबै मिलेर काम गर्नुपर्ने, र यसका लागि राजनितिक इच्छाशक्ति महत्वपुर्ण रहेको बताउनुभयो।

 

तसविर विवरण: कार्यक्रमको उद्घाटन गर्नुहुँदै माननीय युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा

सम्मेलनका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री, माननीय मन्त्री जगत बहादुर विश्वकर्माले, महासंघलाई शुभकामना दिँदै, सम्मेलनलाई एक सशक्त अभियानको रुपका लिएको र यस संविधानले सबै नेपालीको सार्वभौम अधिकार सम्पन्न बनाएको सम्झना गर्दै, यसको कार्यन्वयनको लागि संघर्ष र प्रयत्न गर्नुपर्ने बता।नुभएको थियो। । यस सम्मेलनमा निकालिएको निष्कर्षमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

सम्मेलनको पहिलो दिन, दिगो विकास लक्ष्यका परिचय तथा अपाङ्गता सँग यसको अन्तरसम्बन्ध, र अपाङ्गताको परिचय, विविधता को बारेमा छलफल भएको थियो। सोहि दिन नै दृष्टिविहिन युवाहरुले आफ्नो सांगेतिक प्रस्तुति दिई पहिलो दिन समापन भएको थियो ।

दोस्रो दिन युवा र समावेशी रोजगारीको विषयमा प्यानल छलफल, व्यवसायिक शिक्षा र तालिमका अवसरहरुका बारेमा प्रस्तुति, प्रेरणा सत्र, दिगो विकास लक्ष्यको कार्यन्वयनमा युवाको भुमिकाको बारेमा छलफल भई, अपाङ्गता र जिविकोपार्जनका समूह छलफलबाट आएका महत्वपुर्ण सुझावहरुलाई लिई ११ बुँदे प्रतिबद्धता पत्र तयार पारेर कार्यक्रम समापन भएको थियो ।

सम्मेलनका तस्बिरहरू:


National Youth Summit on Disability

National Federation of the Disabled – Nepal in partnership with UNDP Nepal, DRPI AWARE, Disability Rights Promotion International – DRPI, York University organized – National Youth Summit on Disability on Sep 23-24, 2018. This summit was mainly focused on livelihood issues (Employment, Entrepreneurship and Self-Employment) of Youth with Disabilities and also on Sustainable Development Goals (SDGs). Summit consisted of Panel Discussion, Presentation and Sharing by various experts on these topics. 135 Youths (Both with and without disabilities) participated in the program from all seven provinces of the country.

There are 11 images in this folder