राष्ट्रिय अपांग महासंघ नेपालको आयोजना तथा महिला बालबालीका तथा समाजकल्याण मन्त्रालयको साझेदारीमा अपांगता भएका युवा तथा नेतृत्व तहमा रहेका अपांगता भएका महिला तथा पुरुषहरुलाई लक्षित गरी २ दिने तालिम काठमाण्डौंमा र जनकपुरमा आयोजना गरियो।

तस्बिर विवरण: काठमाडौंमा आयोजित तालिमका क्रममा आफ्ना भनाई राख्नुहुँदै प्रमुख अतिथी। साथै मुख्य सहजकर्ता श्री टिका दाहाल तथा सहायक सहजकर्ता् श्री सीता सुबेदी ।

 

जनकपुर मा असार १७ र १८ मा होटेल आनन्दमा र  काठमाडौंमा मिति २०७५ असार १९ र २० गते महिला आयोगको सभाकक्षमा ती कार्यक्रमहरूको आयोजना गरिएको थियो । उक्त तालिमहरूलाई मुख्यरुपमा सहजीकरण महासंघका उपाध्यक्ष साथै महिला अधिकारकर्मी श्री टीका दाहालले गर्नु भएको थियो भने अन्य सहजकर्ताको रुपमा नेत्रहिन महिला संघका अध्यक्ष श्री सीता सुवेदी र नेपाल अपांग महिला संघका अध्यक्ष निर्मला धिताल रहनुभएको थियो। त्यसैगरी  जनकपुरमा भएको कार्यक्रममा महिला बाल्बालिका कार्यालय प्रमुख मिरा मिश्र र महासंघ प्रदेश नं २ का अध्यक्ष किरण पाश्वान र काठमाडौं भएको कार्यक्रमामा महिला अधिकारकर्मी विमला खड्काज्यूले पनि तालिमको सहजीकरण गर्नुभएको थियो।

 

training_vaw1
तस्विर विवरण: तालिमका क्रममा एकजना सहभागी श्री देवी आचार्य आफ्नो समुहको तर्फबाट प्रस्तुतीकरण गर्नुहुदै। साथमा सहजकर्ता श्री सीता सुबेदी ।

मुख्य तया तालिमका विषयवस्तुहरुमा लैंगिकता र लैंगिक हिंसा के हो ? अपांगता भएका महिला विरुद्धका हिंसा के हो ? कस्ता प्रकारका हुन्छन्? हिंसा हुनुका कारण के हुन? हिंसाका प्रकारका बारेमा छलफल गरिएको थियो । साथै कुनै सार्वजनिक ठाउं, घर परिवार, संघ संस्था, यातायात, कार्यस्थलमामा हुने हिंसा लगायतका स्थानहरुमा महिलाहरुले कसरी सावधानी अपनाउने, सुरक्षाका विधिहरुका बारेमा समेत छलफल भएको थियो। हिंसा प्रभावितका लागि न्यायमा पहुंच अभिबृद्धि गर्नका लागि न्यायिक निकायमा उजुरी दिने, घटना का प्रमाण संकलन, दस्तावेजीकरण आदि विषयमा समुह छलफल तथा विभिन्न फर्मयाटहरु र घटना विश्लेषण गरि गरिएको थियो । साथै सहभागिहरुका विचारहरुलाई अन्तरक्रियाको माध्यमबाट लिने काम भएको थियो । अन्त्यमा सहभागि का प्रतिबद्धता र आगामी दिनमा गरिनु पर्ने कार्यहरुका बारेमा सुझाव सहितका कार्ययोजना तयार गरिएका थिए ।

 

training_vaw2 at janakpur
तस्विर विवरण: जनकपुरमा आयोजित तालिमका क्रममा समुहगत छलफलमा व्यस्त सहभागीहरू

उक्त कार्य योजनामा निम्न लिखित सवालहरु उठाइएका थिएः

  • अपांगता भएका महिला विरुद्धका हिंसा न्यूनिकरणका लागि अपांगता भएका अगुवा महिला पूरुषहरुलाई शसक्तिकरण गरी परिचालन गरिनु पर्ने
  • अपांगता भएका महिला विरुद्धका यौन हिंसा तथा बलात्कारका घटनाहरु प््राय जसो न्याय नपाई असफल भएका छन् तसर्थ किन केश हार्नुको कारण असफल हुनुको कारण र आगामी दिन मा न्यायिक निकायलाई अपांगता महिला मैत्री बनाउने बारे अध्ययन अनुसन्धान गरिनु पर्ने (विशेष गरी बौद्धिक अपांगता, बहिरा, दृष्टिविहिन, मनोसामाजिक अपांगताका लागि सहयोगी, अभिभावक, संरक्षक, साकेतिक भाषा दोभाषेको बयान लिनु पर्ने हुंदा न्यायीक संयन्त्रले उक्त प्रक्रियालाई नमान्ने बयान नमान्ने कारण केश हार्ने गरेको छ )
  • हिंसा प्रभावित अपांगता भएका महिलालाई न्यायमा पहुंच को सुनिश्तिताका लागि पुर्नस्थापना गृह, सुरक्षित आवास, तालिम, रोजगारी, मनोसामाजिक परामर्श, साकेतिक भाषा तालिम, मोविलिटी तालिम, हेरचाह सम्बन्धी अभिभावक लाई तालिम प्रदान गरिनु पर्ने
  • अपांगता भएका महिला तथा बालीका विरुद्धका हिंसा न्यूनिकरणका लागि संचारमाध्यमबाट प्रचारप्रसार, सडक नाटक, धर्ना दवावमूलक कार्यक्रम आयोजना गरिनु पर्ने
  • राष्ट्रिय महिला आयोगमा अपांगता  डेस्कको व्यवस्था साकेतिक भाषा दोभाषे सहित
  • उजुरी गर्ने निकाय र न्यायिक निकाहरुका भौतिक संरचना अपांगता मैत्री बनाइनु पर्ने (प्रहरी कार्यालय, महिला आयोग, अदालतहरु आदि)

साथै काठमाडौँमा भएको तालिमको समापनका अवसरमा राष्ट्रिय महिला आयोगका सचिव श्री अनिल कुमार ठाकुरज्यूको प्रमुख आतिथ्यतामा आफ्ना प्रतिबद्धता सहित समापन भयो ।

सो तालिममा जनकपुरमा ३० जना तथा काठमाडौंमा ३५ जना को सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *