प्रत्यक्ष रूपमा नदेखिने प्रकृतिका अपाङ्गता विषयमा २ दिने तालिम सम्पन्न

कार्यक्रमका सहभागीहरूको तस्बिर। साथमा बहिरा व्यक्तिहरूको सहजताका लागी सांकेतिक भाषाकी दोभाषे पनि सक्रिय।

तस्विर विवरण: कार्यक्रमका सहभागीहरूको तस्बिर। साथमा बहिरा व्यक्तिहरूको सहजताका लागी सांकेतिक भाषाकी दोभाषे पनि सक्रिय।

डि.पी.ओ.डी. डेनमार्कको आर्थिक सहयोग र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको लागि जिल्लामा कार्यरत सदस्य संस्थाका प्रतिनिधिहरूलाई नदेखिने प्रकृतिका अपाङ्गताको वारेमा २ दिने तालिम सम्पन्न गरियो । १४ र १५ सेप्टेम्वर २०१७ मा काठमाडौमा सम्पन्न उक्त तालिममा २८ वटा सदस्य संस्थाका २३ जना महिला सहित जम्मा ४० जना सहभागीहरूले भाग लिए । तालिममा नदेखिने प्रकृतिका अपाङ्गता मध्ये पनि बौद्धिक अपाङ्गता (Intellectual Disabilities), मनोसामाजिक अपाङ्गता (Psychosocial Disability), डाउनस् सिन्ड्रोम (Down’s Syndrome), अटिजम (Autism) को वारेमा विभिन्न सम्बन्धित विज्ञहरू मार्फत जानकारीहरू दिइएको थियो । साथै तालिममा यस्तो प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका समस्या, चुनौति र स्थानीय स्तरमा तिनलाई कसरी सम्बोधन गराउने भन्ने वारेमा पनि छलफल गरिएको थियो । सदस्य संस्थाका प्रतिनिधिहरूले यस्ता नदेखिने प्रकृतिका अपाङ्गता भएका व्यक्तिका सवालहरूमा स्थानीय तहमा आवश्यक पैरवी गरी समस्या समाधानमा योगदान पुर्‍याउन सकुन भन्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको हो । तालिममा भाग लिएका सहभागीहरूले आफ्नो कार्यक्षेत्रमा गएर माथि उल्लेखित नदेखिने प्रकृतिका अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधाहरूमा पहुँच अभिवृद्धि गर्न थप प्रभावकारी रूपमा काम गर्नेछन् भन्ने माहासंघले अपेक्षा लिएको छ ।

कार्यक्रमकी एक सहजकर्ता आफ्नो प्रस्तुती दिनु हुदै।

तस्विर विवरण: कार्यक्रमकी एक सहजकर्ता आफ्नो प्रस्तुती दिनु हुदै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *