अपाङ्गता समावेशी विकास सम्बन्धी २ दिने तालिम सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले केन्द्रीय समिति, क्षेत्रीय समिति, जिल्ला समिति र उपत्यका वाहिर र भित्रका अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधिहरूका लागि अपाङ्गता समावेशी विकास सम्बन्धी २ दिने तालिम उपलब्ध गराएको छ । १७ र १८ सेप्टेम्वर २०१७ मा काठमाडौमा सञ्चालन गरिएको उक्त तालिममा १२ जना महिला सहित जम्मा २२ जना प्रतिनिधिहरूले भाग लिएका थिए ।

तालिमकै क्रममा सहभागीहरू एउटा क्रियाक्रियालपमा भाग लिदैतस्विर विवरण: तालिमकै क्रममा सहभागीहरू एउटा क्रियाक्रियालपमा भाग लिदै

तालिमको मुख्य उद्देश्य सहभागीहरूलाई अपाङ्गता समावेशी विकासको वारेमा वुझाउने र संघीय संरचनामा स्थानीय र प्रादेशिक तहका विभिन्न विकासका गतिविधिहरूमा अपाङ्गता भएका व्यक्तिका सवालहरूलाई समावेशीकरण गराउन कसरी काम गर्ने भन्ने वारेमा बुझाउनु हो ।

यो तालिम लिएर सहभागीहरूले स्थानीय स्तरमा खास गरेर जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका मार्फत हुने विभिन्न आधारभूत जनसरोकारका काम लगायत शिक्षा, स्वास्थ्य, भौतिक निर्माण, सामाजिक सुरक्षा, आय आर्जन, तालिम जस्ता सरकारका कामहरूमा अपाङ्गताका सवालहरूलाई समावेश गराउने, निर्णय प्रकृयामा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता गराउने काममा आवश्यक पैरवी र समन्वय गर्न सक्नेछन् भन्ने विश्वास महासंघले लिएको छ ।

तालिमका मुख्य सहकर्ता श्री प्रकाश राज वाग्ले आफ्नो प्रस्तुतीकरण गर्नुहुँदै।तस्बिर विवरण: तालिमका मुख्य सहकर्ता श्री प्रकाश राज वाग्ले आफ्नो प्रस्तुतीकरण गर्नुहुँदै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *